शनिबार, चैत्र १८, २०७९

पत्रकार क्षेत्रीको उपचारका लागि रु ५० हजार सहयोग

काठमाडौ फागुन १३,  ब्रेन टयुमरबाट पीडित नेपाल प्रेस युनियनका सचिव सूर्यकुमार क्षेत्रीको उपचारका लागि देशान्तर साप्ताहिकका प्रधान सम्पादकसमेत वरिष्ठ पत्रकार कविर राणाको पहलमा अमेरिकामा बस्ने नेपालीहरू सुनिलजङ्ग रायमाझी, सानुबाबु सिलवाल र हरिबोल भण्डारीले रु ५० हजार सहयोग गरेको छ ।  सचिव क्षेत्रीको उपचारमा सहयोगका लागि सङ्कलित सो सहयोग रकम नेपाली जनसम्पर्क समितिका केन्द्रीय सदस्य हरिबोल भण्डारीले सचिव क्षेत्रीलाई आज एक कार्यक्रमकावीच हस्तान्तरण गरेको हो ।

रकम हस्तान्तरण कार्यक्रममा वरिष्ठ पत्रकार कविर राणा प्रेस युनियनका उपाध्यक्ष ईश्वरी ओझा लगायतले बोल्नु भएको थियो । त्यस्तै  जनसम्पर्क समितिका केन्द्रीय सदस्य हरिबोल भण्डारीले अमेरिकामा रहेर पनि आफ्नो मुलुक र साथीभाइका लागि थोरै भए पनि सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि मुलुकप्रतिको जिम्मेवारी पूरा गर्न सदैव तयार रहेको दृढता व्यक्त गर्नुभएको थियो ।   फोटो: Desantar.com बाट

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031