बुधबार, साउन २५, २०७९

नेपाली परिवेशमा प्रजनन स्वास्थ्य र एचआइभी/एड्स

सन्देश शर्मा   /         सन् २०१३ को जुन महिनामा महिलाको प्रजनन स्वास्थ्य र एचआइभी/एड्ससँग सम्बन्धित एक सुखद समाचार विश्वभर प्रवाहित भयो । समाचारमा उल्लेख भएअनुसार उक्त महिनामा अफ्रिकी एवम् उप–सहारा क्षेत्रीय देशमा एचआइभी/एड्स सङ्क्रमित आमाहरूबाट कम्तीमा पनि दश लाख बच्चा स्वस्थ जन्मिने उल्लेख गरिएको थियो । उक्त विषयलाई विश्वमा एचआइभी÷एड्सको सङ्क्रमण देखिएयताकै सबभन्दा ठूलो उपलब्धिको रूपमा लिइएको थियो, जुन अस्वभाविक पनि होइन । एचआइभी सङ्क्रमित आमाहरूको स्वास्थ्यका क्षेत्रमा बितेको एक दशकदेखि अमेरिकाले सञ्चालन गर्दै आएको विशेष कार्यक्रमको उपजका रूपमा देखिएको सो नतिजा हाम्रो परिवेशमा यतिबेला पनि उत्तिकै चासोको सन्दर्भ बन्न सक्छ । किनकि, प्रजनन स्वास्थ्य र एचआइभी/ एड्ससङगजोडिएका अनेकौँ मामला हाम्रो समाजमा AIDShands1लुकेर रहेका छन् र यदाकदा कतिपय खुल्दै पनि छन् । यससम्बन्धमा हाम्रो समाजको यथार्थ पाटो उजागर हुन नसक्नुको विविध कारण हुन सक्छन् । हाम्रो सङ्कुचित सोच वा समाजले हेर्ने सा“घुरो दृष्टि पनि एउटा अहम् कारकतत्व रहेको प्रस्टिने एक उदाहरण हेरौ“ ।

सुरक्षा निकायमा कार्यरत रही युएन मिसनबाट फर्केका एक उच्च तहका अधिकारीकी श्रीमतीलाई आफ्ना श्रीमान्को ब्लड टेस्ट गराउने तीव्र चाहना भयो । महिनौ“ विदेशिएका पुरुष कार्यक्षेत्रमा यौनिक सम्बन्धमा परि कतै एचआइभी सङ्क्रमित भएर पो आए कि भनी एक सचेत महिलाको मनको अन्तष्करणमा  जिज्ञासा उत्पन्न हुनु अस्वाभाविक थिएन, र यो आवश्यक पनि थियो । तर, जतिसुकै चाहेर पनि श्रीमानको ब्लड टेस्ट गराई आफू ढुक्क हुने प्रस्ताव राख्न सकिनन् उनले । श्रीमान् रिसाउलान् र दाम्पत्य जीवनमै विश्वासको खडेरी पर्ला भन्ने भय उनको मनमा छाउन पुग्यो । फलतः श्रीमानको रगत परीक्षण गराउने चाहनालाई उनले त्यत्तिकै मार्नुप-यो । एक उच्चशिक्षित महिलाको अवस्था त यस्तो छ भने नेपाली समाजका आममहिलाको हालत कस्तो होला ? आफ्ना निकटतम् मित्रसमक्ष उनले सेयर गरेकीले मात्र यो कुरा बाहिर आउन सक्यो, अन्यथा अव्यक्त भई गुम्सिएर रहेका यस्ता कति गुनासा होलान्– सहज अनुमान लगाउन सकिने विषय हो । एचआइभीको शिकार बने–बनाइएको छ–छैन भन्ने जानकारी लिनको निम्ति रगत परीक्षणको सामान्य प्रक्रियाबाट गुज्रने कुरा त यति जटिल भएर रहेको छ भने सा“च्चै एचआइभी सङ्क्रमित भई पीडा झेलिरहेकाहरूको दीनदशा कस्तो होला हाम्रो समाजमा, गम्भीर विषय बनेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार विश्वका १० लाखभन्दा बढी व्यक्तिलाई प्रतिदिन यौन सम्पर्कबाट हुने रोग सर्ने गरेको छ । गोनोरिया, सिफलिस, ट्राइकमोमोनाइसिस र क्लेमाडिया नामक चारमध्ये एउटा यौनरोगबाट वर्Èेनि ५० करोड व्यक्ति ग्रस्त हुने गरेका छन् र बहुसङ्ख्यक यौनजन्य सङ्क्रमण्ँ कुनै लक्षणबिना नै हुने गरेको डब्लुएचओको भनाई छ । विकास र प्रविधका कारण विश्व सा“घुरिदै गएको र रोजगारीलगायत उद्देश्यले दिनहु हजारौको सङ्ख्यामा नेपाली युवाको विदेश आउजाउ चलिरहने वर्तमान परिवेशमा यौनजन्य रोगको ओसारपसार तथा सङ्क्रमण यहाँ अवश्यमेव बढिरहेको विज्ञहरूको अनुमान छ । किनकि, असुरक्षित यौन सम्पर्कबाट सङ्क्रमण अर्थात् यौनरोग भएकाहरूलाई एचआईभी सर्ने जोखिम नौ गुणासम्म बढी हुन्छ भन्ने अनुसन्धानसिद्ध तथ्य हो, जसको चपेटाबाट नेपाली महिला मात्र अछुतो रहेका होलान् भनी अनुमान गर्नु एउटा दुःखद् ठट्टाबाहेक केही हुन सक्दैन ।

त्यसो त नेपालमा यौन रोगबारे तथ्यपरक रूपले बृहत् अध्ययन हुन सकेको छैन । आवश्यक पर्दा छिमेकी भारतमा गरिएको अध्ययनको नतिजालाई मानक मानेर यहा“ विश्लेषण गर्ने गरिएको छ । त्यसअनुसार झण्डै ८० प्रतिशत नेपाली अज्ञानताका कारण यौन सम्पर्कबाट सर्ने रोगको शिकार भए भने २९ प्रतिशत यौनसाथीलाई समेत सङ्क्रमित तुल्याए । त्यस्ता २८ प्रतिशत व्यक्ति र तिनका १० प्रतिशत साथीले यो पनि स्वीकार गरे कि थुप्रै साथीसँगको असुरक्षित तथा अप्राकृतिक यौन सम्बन्धका कारण उनीहरू यौन रोगका शिकार हुन पुगे । अब प्रश्न आउँछ, यस्तो परिवेशमा कति आमाहरू अनाहकमै एचआइभी÷एड्सका शिकार बने होलान् रु र, राज्यले यस्तो अवस्थाको नियन्त्रण या रोकथामका लागि कति काम गरिरहेको होला रु अनि, जहाँ कुनै आधिकारिक तथ्याङ्क खोजबिनको आधिकारिक प्रयाससम्म हुन सकेको छैन, त्यहाँ यो प्रलयकारी विडम्बनाले कति गहिरो जरा गाडेको होला रु
हुन त प्रजनन स्वास्थ्य र यससम्बन्धी अधिकारलाई ध्यानमा राखी सन् २०१५ सम्ममा परिवार नियोजन सेवा विश्वव्यापी गराउने तथा मातृ मृत्युदर घटाउँदै लैजाने लक्ष्यका साथ विश्व स्वास्थ्य सङ्गठनले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, नेपालजस्तो मुलुकमा यस्ता कार्यक्रम कति फलिभूत भएका छन् भन्ने पाटो अलग्गै अनुगमन र विश्लेषको विषय पनि बनिरहेको छ । प्रजनन स्वास्थ्य भन्नेवित्तिकै यहाँ कुनै महिलाको यौनिक अङ्ग, यौनजन्य व्यवहार तथा प्रजनन प्रणाली र यसको कार्य प्रक्रियासँग गाँसिएको समस्याको रूपमा मात्रै बुझ्ने प्रवृत्ति छ । प्रजनन स्वास्थ्यको परिभाषाभित्र शारीरिक, मानसिक, सामाजिक पक्षबाट समेत पूर्ण रूपमा स्वस्थ रहनु, उसका प्रजनन अङ्गहरू सबल मात्र नरही प्रजनन तथा यौनसँग सम्बन्धित मानसिकता, दृष्टिकोण, सोचजस्ता कुरामा पनि सकारात्मक हुनु जरुरी छ भन्ने सचेत तप्काको पनि एउटा तहले मात्रै बुझेको छ ।

प्रजनन स्वास्थ्य र एचआइभी/एड्ससँग जोडिएका समस्या निराकणको सन्दर्भमा यो एक विडम्बनाकारी विषय हो भन्दा अतिरञ्जना नठहरिएला । नेपालमा अधिकतर महिलाले परिवार, समाज र राष्ट्रबाटै विभेदको सामना गर्नु परिरहेको तीतो यथार्थ कसैसामु छिपेको छैन । कति बच्चा जन्माउने भन्नेदेखि कस्तो बच्चा (छोरा नै जन्माउनुपर्ने) जन्माउने भन्ने खालको आफ्नो वशबाहिरको कुरामा समेत दबाब दिने अवस्था शहर–बजारमासमेत अझै कायम रहेको परिवेशमा महिलाले प्रजनन स्वास्थ्यलाई आफैंले ध्यान पु-याउन सक्ने प्रश्नै रहँदैन । शिक्षा, स्वास्थ्य र आर्थिक पहुँचको अभावले यसै पनि प्रजनन स्वास्थ्यलाई छायामा पारेको र लैङ्गिक विभेदले त्यसलाई झनै मलजल गरिरहेको अवस्था छ । नेपालमा करिब बाइस वर्षअघि पहिलोपटक देखापरेको एचआइभी/एड्स शहरबजार हुँदै गाउँ प्रवेश गरेर दैनिक लगभग पन्ध्र जनाको दरले सङ्क्रमित तुल्याउँदै एक प्रकारले महामारीकै रूप लिइसक्दा पनि यसको रोकथाम तथा निराकरणका प्रयासहरू चुनौतीपूर्ण अवस्थामै रहनु विडम्बनाको विषय हो ।

तसर्थ, एचआइभी सङ्क्रमित हुनुको अर्थ पहिले–पहिलेजस्तो मृत्यु नै हुनु हो भन्ने सोचाईबाट समाज, परिवार एवम् व्यक्तिलाई मुक्त तुल्याउँदै चिकित्सा विज्ञानमा भएका विकास र वैश्विक रूपमा बढ्दो सचेतनाले एचआइभी सङ्क्रमित व्यक्ति पनि मानसिक, शारीरिक तथा यौनिक रूपमा सक्रियताका साथ लामो जीवन बाँच्न सक्छन् भन्ने सन्देश प्रवाहित गर्नु प्रत्येक सरोकारवालाको कर्तव्य र राज्यको अहम् दायित्व हो । यसका लागि समस्या नलुकाई खुलस्त हुने, घरपरिवार र समाजले समस्या चर्काउनेतिर नलागी सङ्क्रमितलाई सान्त्वना दिने, उपचारमा सघाउने, आत्मीय व्यवहार गर्ने पाटो एकातिर छ भने अर्कोतिर यस्तो समस्या निम्तनै नदिनेतर्फ आवश्यक उपायहरू अवलम्बन गर्ने सचेतना अपनाउने या अपनाउन प्रेरित गर्नु पनि उत्तिकै आवश्यक देखिन्छ ।
साभार ‘म्याग फिचरसेवाबाट  (सन्देश स्वतन्त्र पत्रकार हुन् ।)

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031