शुक्रबार, साउन २७, २०७९

दिल्लीले जिल्याइदियो हामीलाई

Rajan-Karki– राजन कार्की
जनआन्दोलनले ठूलै परिवर्तन ल्याउने भो, नेपाल सुखमय, शान्तिमय, संविधानमय हुनेभयो भनेर हामीले देखेको सपना सिद्धियो । हामीलाई विदेशी र विदेशपरस्त नेताहरुले चकमा पो दिएका रहेछन् । महत्वपूर्ण सवाल भनेको चरित्र हो । प्रजातन्त्रलाई लोकतन्त्र नामाकरण गर्दैमा के हुनेरहेछ र रु नाम फेरियो, नैतिकतामा सुधार आएन । व्यवस्था फेरियो, व्यवहार फेरिएन । फेरि राजनीतिक दलहरु संविधान निर्माण होइन, मुठभेड गर्न कस्सिन थालेका छन् । र, ‘एमालेसङग मिल्नुभन्दा राजा फर्काउनु बेसं’ डा।बाबुराम भट्टराईको पछिल्लो अभिव्यक्ति आइसक्यो । जुन कोणबाट बाबुराम प्रेरित छन्, त्यही कोणका चिरपरिचित छायाँ हुन् मधेशी मोर्चाका नेता बिजयकुमार गच्छदार, महन्थ ठाकुर र राजेन्द्र महतोहरु । उनीहरु भन्दैछन्– हामी आन्दोलन चाहन्नौं, सत्तापक्ष लचक हुनुपर्छ र वार्ता थालनी हुनुपर्छ । एउटै माष्टरले एउटै विषयमा दुई विद्यार्थीलाई दुई तरिकाले किन प्रेरित गरिरहेको छ रु यसको विश्लेषण बुझ्नेले बुझिसके, नेपालमा स्थिरता आउनेवाला छैन । हाम्रा परिवर्तनकारी नेताहरु राजनीतिभित्रको राजनीति बुझेर पनि बुझ्न चाह“दैनन् । शायद यसैले भनिन्छ– निदाएको बहाना गर्नेलाई ब्यूझाउन सकिन्न ।

दिल्ली सम्झौता गरेपछि उहीहरुस“गै लोकतन्त्र, लोकसभाको आवरणमा नेपाल पस्यो र छोरोलाई झड्केलो छोरो बनाएर प्रजातन्त्रलाई लोकतन्त्रको नाम दिइयो । यो भारतको लोकसभाको नक्कलको रुपमा लोकतन्त्र भएर आएको हो । भारतमाजस्तो राज्यसभा, विधानसभाका जड्यौरी नामहरु पनि आउनेछन् र यसलाई सुहाउ“दो संविधान पनि उसैको अनुक“लतामा दिनेछ । अहिले त पिठो मुछेझैं नेताहरु मुछिने काम भइरहेका छन्, कस्तो रोटी पकाउने रु त्यो नैतिकबल खोसेर कमैया भाग यिनले पाउनेवाला छन् । यिनले जतिसुकै स्वाधीनता र सार्वभौमिकताका कुरा गरुन्, आखिर यिनको ल्याकत भनेको कमैयाभन्दा माथि रहेनछ । गिदीमा गोबर भरिएपछि विवेक हु“दैन भनेको यही हो ।
यिनीहरु नया“ नेपाल बनाउने चर्को लोकतान्त्रिक भाषण गरिरहेका छन्, यिनले भएको नेपाललाई तनावमा तन्काउ“दै झ्यारझुर पारेर च्यात्न तैयार भइरहेको देख्नेहरु भन्छन् साबुत नेशनल स्टेटलाई सिटी स्टेट र फरिन स्टेट बनाउन दौडिरहेका छन्, श्रीखण्ड हातमा लिएर खुर्पाको बिड बनाउने यिनीहरु नादान रहेछन । यिनीहरु जुनसुकै बेला लेण्डुप बन्ने खतरा छ है । (१९७५ को सिक्किम घटना)

कुनै बेला चीन अमेरिकालाई पेपर टाइगर भनेर खिसी गथ्र्यो । अमेरिका विश्व टाइगर बन्यो । उसलाई माथ गर्न कम्युनिष्ट चीन ‘खुलानीति’को राजमार्ग खन्दै सामरिक र आर्थिक अजिंगर ९ड्रागन० बनेर विश्व बजारभरि छाइसकेको छ । चीनको यो डरलाग्दो अजिंगर प्रवेशलाई रोक्न र खण्डित गर्न विश्व राजनीति एसियामा प्रवेश गरिसकेको छ । र, दक्षिण एसियाको नेपाल विश्व राजनीतिको केन्द्र बनेको छ । अहिले नेपालमा भारत, चीन, अमेरिका–युरोप शक्तिशाली को भन्ने प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरुको घट्टमा हामी घुन पिसिएझैं पिसिएर पिठो बन्ने क्रम चलिरहेको छ ।

भारतले परम्परागत पकडलाई अझ मजबुत पार्न ‘इण्डिया डक्ट्रिन’ नै तैयार गरेर नेपालमा लाग“ ग¥यो । यो मन्दविष थियो जसलाई माओवादीले मिष्ठान्न मानेर खायो । उसैको हतियार, उसैको काखमा बसेर नेपालको १० वर्ष लामो जनयुद्धको रगतको स्वाद त्यही मिष्ठान्न थियो । १७ हजार मारिए, लाखौंलाख प्रभावित भए, ५ खर्वको विकासका आधारहरु ध्वस्त भयो । जनयुद्धकारी थाके, ०४६ सालको परिवर्तन बोकेकाहरुलाई हायलकायल पारेपछि दिल्लीमा थचार्ने व्यक्ति थिए अहिलेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी । १२ बु“दे सम्झौता लेख्ने लेखन्दास थिए– रञ्जित रे, जो यतिबेला नेपालका लागि राजद“त छन् । पहिलो संविधानसभामा राजद“त केभी राजनको सम्प“र्ण सुराकी रिपोर्टलाई फेल ख्वाएर माओवादी मेजर पार्टी बनेपछि भारत झस्किन पुगेको थियो । सहयोग गरे स्केण्डेनेभियन र युरोपियन द“तावासहरुले जनजातिलाई उफारेर । भारतलाई के खोज्छस् कानो, आ“खो हुनपुग्यो र हाम्रो एजेण्डा भन्ने माओवादीकै सरकारको हातबाट संविधानसभा बिघटन गराइदियो ।

त्यसपछि एमाओवादीमा भा“जो उसैले हालिदियो । टुक्रियो र दोस्रो संविधानसभाको निर्वाचनमा अत्यन्तै मिहिन तरिकाले एमाओवादीलाई २६ सिटमा झारेर प्रचण्डजस्ता नेतालाई रुखमा चढाएर फेद काटिदियो । युरोपियनबाट सिकेको ज्ञान ‘डिभाइड एण्ड रुल, युज एण्ड थ्रो’ भारतले प्रयोग ग-यो । आफ्नो उपयोगिता सकिसकेको प्रचण्डले चालै पाएनन् । माओवादी कालिदास बन्यो । आज उनको हालत युद्ध हारेको कमाण्डरको जस्तो हुनपुगेको छ । उनीस“गै रहेका बाबुरामले समेत उनलाइ मिचेर बोल्न थालेका छन्– प“र्ण प्रतिवद्धता नभएसम्म वार्तामा बस्दैनौं, ओलीसङग मिल्नुभन्दा राजासङग मिल्नु बेस । खोलो फर्कन पनि सक्छ, प्रचण्ड राजनीतिक परिदृश्यबाट हराउनेवाला छन् भन्ने संकेत हो यो ।

जातीय संघीयता, एक मधेश एक प्रदेश, अखण्ड सुद“रपश्चिम, झापा–मोरङ–सुनसरी, कैलाली–कञ्चनपुर, अखण्ड चितवनजस्ता विवादमा सहमति हुन नसकेर ३० दलीय मोर्चा बनाएर एमाओवादी सडक आन्दोलन गर्न तैयार भएको छ भने सरकार वार्ताका लागि आह्वान गरिरहेकै छ । प्रतिवद्धता पुगेन, आफैले जस लिन खोजेको जस्ता निहु“ झिकेर झगडा चर्कदै गएको छ । जतिसुकै झगडा गरे पनि बिश्राम सहमतिकै संविधान हो, जाने बैकल्पिक मार्ग छैन भन्ने थाहा पाएर पनि पार्टीहरु कसैले हावा भरेको भरमा उफ्रिरहेका छन् । यिनलाई जनमतको कुनै कदर छैन । देशप्रति यिनको कुनै दायित्व देखिदैन । ‘आकाशवाणीको फोकस’मा छन् यी सबै झगडाहरु । कुनै बेला ऋषिकेश शाहलाई नेपालको ठूलो विद्वान मानिन्थ्यो । तर उनले १९८९ मार्चमा नेपालको सुरक्षा भारतकै हातमा सुम्पिनुपर्छ भनेर कुर्लेको सुन्नेहरु अहिले पनि झस्किन्छन् ।  कतै हाम्रा नेताहरु अर्का ऋषिकेश शाह नबनुन्, डर यत्तिमात्र हो । के प्रश्न उठेको छ भने मीठो पायो भने जसको पनि जेठो खान पल्केका हाम्रा नेताहरुको भर छैन, सबै पार्टीभित्र पिल्सिएर बसेका होनहार देशभक्त कार्यकर्ताहरु किन अझै निस्कदैनन् रु र, यी विदेशी रजौटा नेताहरुलाई खबरदार भन्दैनन् रु कतै पढेको थिए“– जानकीप्रसाद प्रधानले सु“गुर छुदैनन्, खा“दैनन् भनेर उनले नया“ शव्द बनाइदिए ‘बंग“र’ । आजकल बंगुर सबैजातिको ग्राह्य फेसन बनिसकेको छ । बंगुर ज्यादा बोसो हुने कारण डरलाग्दा रोगको घर पनि हो । हाम्रा राजनीतिक दलहरु बंगुरभन्दा भिन्न छैनन् किनभने हामी यिनका कारण डरलाग्दा रोगहरु भिर्न बाध्य भइरहेका छौं । जनताले यी रोगव्याधिमाथि डिडिटी छर्न सक्ने हुन् तर यसरी विभिजित गरिए कि नेपालीहरु ‘जाति जिन्दावाद पो भन्न थाले ।’ नेपाली एकता कता हो कता ?

यो दुर्भाग्यको श्रोतको श्रेय– युरोपियन युनियन हो । राजदुत छिन्– रेन्सजे तिरिङ ।। उनकै नेतृत्वमा नर्वे, फिनलेण्डलगायतका राजद“तहरु चितवन पुगेर सीके राउतलाई भेट्न गए । सरकारलाई संविधानसभामा सुरु गरेको प्रक्रियाको चिन्ता थियो, क“टनीतिक बृत्तको समर्थन खोजिरहेको थियो सरकार । राष्ट्रसंघका महासचिव, अमेरिकी र युरोपियन राजद“तहरुले एमाओवादी, मधेशवादीहरुको सहमतिमै संवधान आओस् भन्ने धारणा अघि सारिरहे र एमाओवादी नआए गाडी छुट्छ, दुईतिहाईको बहुमतले संविधान जारी हुन्छ भनिरहेको सरकार एक्कासी रिसायो ।

प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा परराष्ट्र र अर्थ मन्त्री महेन्द्रबहादुर पाण्डे र डा।रामशरण महतले राजद“तहरुलाई बोलाएर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिए । त्यसपछि पनि राजद“तहरुले सरकारको दुईतिहाईको प्रक्रियामा समर्थन जनाएनन् । अव रिसाउने पालो प्रधानमन्त्रीको थियो । प्रधानमन्त्रीले निवासमै राजद“तहरुलाई बोलाएर हपारे । परराष्ट्रको डेस्क अफिसरले गर्ने असन्तोष र सम्झाउने आचारसंहिता पढाउने काम गरे प्रधानमन्त्रीले । सानो मुलुकको सानो का“टे बुद्धिको हैसियत छताछुल्ल हुनुपुग्यो ।

राष्ट्रसंघ कार्यालयमा बैठक बस्यो र युरोपियन युनियनकी राजदूत रेन्सजे तिरिङ तीनहात उफ्रेर कराईन्– भारत र चीनले नेपालमा चलखेल गर्न हुन्छ भने हामीले किन हुन्न रु हो, सीके राउतलाई भेट्ने समय ठिक थिएन तर द“तावासमा उज“री परेपछि मानवाधिकारको ग्राउण्डमा हामीले भेटेका हौं । सुशील सरकार तीनचित खान बाध्य भयो । त्योभन्दा पर जाने ठाउ“ थिएन, सरकारको मुखमा ठेडी जाकियो । कसैले प्रश्न गर्न सकेनन्– कृष्णप्रसाद अधिकारीको हत्यामा मानवाधिकार कहा“ थियो रु हत्यारा किन लण्डनमा सुरक्षित छन् रु बाबु नन्दप्रसाद अधिकारी अनसनमै बसेर मरे र उनको लाश डेढसय दिनदेखि टिचिङ अस्पतालमा लम्पसार छ, त्यो मानवाधिकारको लाश हो कि होइन रु आमा गंगामाया अझै अनसनमा छिन् रु यी मानवाधिकारको डिङ हाFक्ने युरोपियनहरु किन त्यो दृश्यसङग सामिप्य हुन चाहँदैनन् ?  एक नेपाललाई टुक्य्राउन लगानी गर्नेहरु नेपालमा जातीय र धार्मिक हिंसा भड्काउन चाहन्छन् भन्ने प्रष्ट छ । जातीय मुद्दा उछालेर बिबाद चर्काइदिदा क्रिश्चियन धर्म फैलाउन सकिन्छ भन्ने कारण उनीहरु यो क“कृत्य गरिरहेका छन् । त्यसमा हाम्रा नेताहरु हेल्पिङ हेण्डको भ“मिका निभाइरहेका छन् । बिस्तारै नेपाल जातीयताको धरातलमा धार्मिक द्वन्द्वमा फस्दै गएको छ ।

नीतिकार, नेतृत्वदायीहरु चुपचाप छन् । द“तावासहरु राजनीतिक नेताहरुलाई घुम्नेफिर्ने, भोजभत्तेरको व्यवस्था मिलाइरहेका छन् । विकासमा सघाएर कमिशन ख्वाइरहेका छन् । कर्मचारी, एनजीओ, समाजसेवी, नागरिक समाजका अगुवाहरुलाई आर्थिक र सम्मानको गुण लगाइरहेका छन् । पढेलेखेका युवाहरु गरिखान नपाएपछि सिधै पिआर बोकेर अष्ट्रेलिया, क्यानडा, न्य“जिलेण्डतिर गइरहेका छन् । जापान, युके, अमेरिकामा पढ्ने अवसर दिइरहेका छन् । अनपढ वा केही पढेलेखेकाहरु कतार, साउदी, मलेसिया, दुबई दौडिरहेका छन् । पहिले बम्बै भनिन्थ्यो, अहिले युरोप, अफ्रिकासम्म नेपाली यौनबजार खुलेको छ । युवाविहीन बनाएर आखिर नेपाल वैदेशिक रङ्गशाला बन्दै गएको छ । यो रङ्गशालामा बढ्दो अजिङ्गर (चीन) लाई कसरी रोक्ने भन्ने म्याच चलिरहेको छ । यो म्यादमा युरो, अमेरिकी, भारतीय धुरी मिलेको देखिन्छ । केही पछि थाहा लाग्नेछ, यो धुरीले भारतलाई पनि छाड्नेछैन । नेपाल असुरक्षित हुनु भनेको भारत सुरक्षित हुनु हुदै होइन । भारतले नेपालमा खोजेको पकड पाउला, भोलिका दिनमा यही गल्ती भारत छिन्नभिन्न हुने कारण बन्नेछ । नेपाली नेता त बुद्धिहीन भए, आफ“लाई कमैया र देशलाई रङ्गशाला बनाएर खुशी भइरहेका छन् । किन भारत बिर्सन्छ– बागमतीमा रगतबग्दा गंगा पनि रगताम्मे हुन्छ भन्ने यथार्थ ?  rajan2012karki@yahoo.com

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031