सोमवार, चैत्र ६, २०७९

त्रिभुवनको सालिक नहटाउनू : सर्वोच्च

काठमाडौं फागुन ७, सर्वोच्च अदालतले सहिदगेटमा रहेको राजा त्रिभुवनको सालिक स्थानान्तरण नगर्न प्रजातन्त्र दिवस मनाउने अघिल्लो दिन अर्थात बुधवार सरकारलाई  आदेश दिएको छ ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६८ पौष १८ मा सहिदगेटमा रहेको त्रिभुवनको सालिकलाई नारायणहिटी दरबार संग्रहालयमा सार्ने सम्बन्ध्म गरेको निर्णय उपर परेको अधिवक्ता कमलेश द्विवेदीले दायर गरको रिटको सुनवाई गर्दै सर्वाच्चले मन्त्रिपरिषद्को उक्त निर्णय नेपालले हस्ताक्षर गरेका प्राचीन स्मारक तथा सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सन्धिसम्झौतालगायतको विरुद्ध गई सालिक सार्ने निर्णय भएकाले निर्णय बदर गरेको जनाएको छ ।

न्यायाधीशद्वय सुशीला कार्की र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले बुधबार सालिक स्थानान्तरणसम्बन्धी विवादको एउटा रिटमा यस्तो निर्णय गरेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031