आइतवार, चैत्र १९, २०७९

तेजाव छ्याप्ने अभियुक्तहरूलाई कडा कारबाहीको माग गर्दै प्रम कोइरालालाई ज्ञापन

काठमाडौं, फागुन १५ ,  एमाओवादी सम्बद्ध जनवर्गीय संगठनहरूले वसन्तपुरमा २ किशोरीहरूलाई तेजाव छ्याप्ने र बाराकी ६ वर्षीया बालिकालाई बलात्कार गर्नेमाथि कडा कारवाही गर्न माग गरेका छन्।
85005अखिल क्रान्तिकारी, महिला संगठनलगायतका प्रतिनिधिहरूले बिहीबार प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाउँदै हदैसम्मको कारबाही गर्न माग गरेको हो । उनीहरूले सरकारले दुवै घटनामा संलग्नमाथि कारबाही नगरे आन्दोलनको चेतावनी दिएका छन्।

तेजाव आक्रमणमा संलग्न रहेकाहरूलाई प्रहरीले अहिलेसम्म पनि पक्राउ गर्न सकेको छैन। एसिड आक्रमणमा परी घाइते भएका बालबालिकाको उपचार भई रहेको छ। प्रहरीले एसिड आक्रमणमा संलग्न रहेकाहरू स्केज सार्वजनिक गरेको भए पनि आक्रमणकारी अझैं पक्राउ पर्न सकेका छैनन्।

ज्ञापनपत्र बुझदै प्रधानमन्त्री कोइरालाले दुवै घटनामा दोषी उपर कारबाही गर्न कडा निर्देशन दिएको बताउनुभयो। उहाँले तेजाब छ्याप्नेहरूको पहिचान गरी पक्रन प्रहरीलाई निर्देशन दिइसकेको र बालिका बलात्कार गर्ने प्रहरी नियन्त्रणमा रहेको बताउनुभएको थियो।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031