काठमाडौं फागुन १५, गत फागुन १० गते राजधानीको बसन्तपुरमा तेजाव आक्रमणमा परी घाइते भएका दुई किशोरीका उपचारको सहयोगार्थ सारथी नेपाल नामक
समामूदायिक संस्थाको पहलमा सङकलन गरिएको रु ३६ हजार ९सय १० रुपैयमा मध्ये रु १८ हजार चारसय पाँच रुपैया सङ्गीता मगर र त्यतिकै रकम सीमा बस्नेतकी आमालाई आज हस्तान्तरण गरिएको छ ।
रकम हस्तान्तरण कार्यक्रम पूर्व प्रशासन किन मौन छ ? महिला हिंसा अन्त्य गर । शन्ति सुरक्षा कायम गर । दोषीलाई कारवाही गर, दोषी फुत्कन नपाओस जस्ता नारा लेखिएको प्लेकार्ड सहित प्रदर्शन गरिएको थियो।