एजेन्सी माघ २३, चीनको दक्षिणी क्षेत्रको ग्वाङडोङ प्रान्तमा रहेको होलसेल बजारमा आज भएको आगलागीमा १७ जनाको मृत्यु भएको अन्र्तराष्ट्रिय समाचारमाध्यमहरुले जनाएको छ । त्यस्तै आगलागीमा करोडौंको धनमाल जलेर नष्ट भएको जाउँदे आगलागी नियन्त्रणका लागि ८ सय अग्नि नियन्त्रक खटिएको समाचारमा उल्लेख रहेको छ । आगलागीमा २५ भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको जनाइएको छ । तस्वीरः एजेन्सी