सोमवार, चैत्र ६, २०७९

काँग्रेसले विहीवारबाट बलिदान अभियानको आयोजना गर्ने

काठमाडौ फागुन ६,  नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले फागुन ७ गतेदेखि सर्वमान्य नेता स्व गणेशमान सिंहले नेपाली राजनीतिमा देखाउनुभएको त्याग, साहस र निर्भिकतालाई अझ जनतासामु स्थापित गराउने लक्षय अनरुप गणेशमान बलिदान अभियान’ आयोजना गर्नेभएको छ । स्व गणेशमान सिंहको BP_smriti_bhawan_Nepali_congressजन्मशताब्दीका अवसरमा आयोजना गरिने उक्त अभियान आगमी चैत २६ गतेसम्म जारी रहने प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै ऐतिहासिक जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर सिंहले देख्नुभएको आर्थिक क्रान्तिको सपनालाई साकार पार्न अभियान आफैमा सार्थ हँने विस्वास सहित काँग्रस उपसभापति रामचन्द्र पौडेलले नेता सिंहले देखाएको बाटोमा पर्छी अविचलितरुपमा लागि परेको बताउँन भएको छ।  त्यस्तै अभियान यात्राका क्रममा जनसभा, साहित्यिक कार्यक्रम, विकास निर्माणमा बहस, जनताका पीरकर्मा सुनुवाई, पार्टीका नीति तथा कार्यक्रमलगायतका बारेमा आमसमुदायलाई सुसूचित गराइने र स्थानीय जनता नै अभियानमा सहभागी हुनेछन् । एक गाउँले अर्को गाउँलाई हस्तान्तरण गर्दै अभियान अगाडि बढ्ने जानकारी उहाँले दिनुभएको छ ।

यसअघि, विपी विचारयात्रा, सवै जिल्लामा प्रशिक्षण सम्पन्न गरिसकेको प्रतिष्ठानले नेपाली जनतामा निहीत सार्वभौमसत्तालाई अझ बलियो र कसिलो बनाउन जनतालाई सचेत गणेशमान सिंहले सत्ता र शक्ति’, देश र जनताका लागि त्याग गर्नुभयो, त्यो त्यागका बारेमा आमजनतालाई सुसूचित गर्नु नै अभियानको उद्देश्य रहेको जानकारी पत्रकार सम्मेलनमा दिईएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031