मङ्लबार, मंसिर १२, २०८०
Dashain

कर्णालीको विकास सम्भव : उपप्रम सिंह

कालीकोट  माघ  २८,   कालीकोट जिल्लाको अठारौँ जिल्ला परिषद् उद्घाटन गर्न मन्त्री सिंह मङ्गलबार जुम्ला हुँदै कालीकोट पुग्नुभएका उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले नेपाल प्रेस युनियन कालीकोटद्वारा आज सदरमुकाम मान्ममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री सिंहले कर्णालीको जल र जडीबुटी उपयोग गर्न सके कर्णालीको मुहार फेर्न सकिने बताउँनुभएको

त्यसको लागि स्थानीय युवालाई रोजगारीका अवसर सिर्जना गरी विदेश पलायन हुनबाट रोक्न सकिएमा कर्णालीको विकास सम्भव रहेको उल्लेख गर्दै नेपाली काँग्रेस मुलुकको राजनीतिक अस्थिरता अन्त्य गर्न तयार रहेको र यसको लागि संविधान निर्माणका अगाडि बढिसकेको बताउँनुभएको छ। साथै उहाँले सहमतिमा संविधान निमार्णको प्रयास जारी छ । भए सहमतिमा र नभए लोकतान्त्रिक प्रक्रियाबाट भए पनि संविधान जारी हुने ठोकुवा गर्न भएको छ ।