बुधबार, चैत्र १५, २०७९

एमाओवादी नेतृत्वको मोर्चा वार्तामा नआए संविधान निर्माणको प्रक्रिया अघि बढाउन नेतृत्वको ध्यानाकर्षण

काँग्रेस केन्द्रीय समितिको बैठक: भातृ सङ्गठनहरूको महाधिवेशनका सम्बन्धमा छलफल

काठमाडौ फागुन १०, नेपाली काँग्रेस केन्द्रीय समितिकोे प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा भातृ सङ्गठनहरूको महाधिवेशनका सम्बन्धमा छलफल

download (3)भएको छ ।  आजको बैठकमा महामन्त्री कृष्णप्रसाद सिटौ्रलाले भातृ सङ्गठनहरूकाआगामी बैशाखभित्र गर्ने प्रस्ताव पेस गर्नुभएपछि उक्त प्रस्ताव उपर केन्द्रीय सदस्यहरूले अभिमत पछि निर्णय गरिने काँग्रेस मुख्यालयले जनाएको छ ।

त्यस्तै बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले सहमतिका नाममा संविधानसभाको महत्वपूर्ण समय खेर फाल्न नहुनेमा जोड दिँदै एमाओवादी नेतृत्वको विपक्षी मोर्चा वार्तामा नआए संविधान निर्माणको प्रक्रिया अघि बढाउन नेतृत्वको ध्यानाकर्षण गराएका  छन् ।

आजको बैठकमा पार्टीका पदाधिकारीहरू उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा प्रकाशशरण महत, फरमूल्लाह मंसुर, भीष्मराज आङदम्वे, डा शेखर कोइराला, मो. आफ्ताव आलम, कृष्णचन्द्र नेपाली, नवीन्द्रराज जोशी, अम्बिका बस्नेत,महालक्ष्मी उपाध्याय ‘डिना’, ईश्वरी न्यौपाने, पार्वता डिसी (चौधरी), गुरुराज घिमिरे, प्रदीप पौडेल र आमन्त्रित केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले आ–आफ्नो धारणा राख्नुभएको जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै केन्द्रीय कार्यसमितिको अर्को बैठक भोलि दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031