काठमाडौं फागुन १५ , बिहिबार बिहानदेखि अचानक बदलिएको मौसममा सुधार आउन अझै केहिदिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनसार उपत्यकाको मौसममा शुक्रबार केही सुधार देखिएपनि शनिबारदेखि फेरि मौसम बदली बताईएको छ । त्यस्तै बितेको २४ घण्टामा काठमाडौंमा २१ दशमलव ५ मिलिमिटर पानी परेको छ । सबैभन्दा धेरै जुम्लामा ३७ दशमलव २ मिलिमिटर पानी परेको छ ।