शुक्रबार, चैत्र १७, २०७९

आयोगद्दारा एसिड प्रहार घटनाको घोर भत्सर्ना सहित दोषीलाई कडा कार्वाहीको माग

काठमाडौ फागन १३,  राष्ट्रिय महिला आयोगले गत फागुन १० गते राजधानीको बसन्तपुरस्थित ए प्लस ट्युसन सेन्टरमा भएको एसिडको बोतलले प्रहार घटना प्रति  mahila_ayogआयागको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको राष्ट्रिय महिला आयोगले घोर भत्सर्ना गरको छ ।

आयोगले विज्ञप्ति जारीगर्दै गरी रामेछाप जिल्ला घर भई जैसीदेवल बस्ने १६ वर्षीया किशोरी सङ्गीता मगर रौतहट जिल्ला घर भई भीमसेनस्थान बस्ने १५ वर्षीया सीमा बस्नेतमाथि ट्युसन सेन्टरभित्र कक्षामा रहेको अवस्थामा भएको यो घटनामा यथाशीघ्र, प्रभावकारी तथा पारदर्शिताका साथ अनुसन्धान गरी घटनामा संलग्न सम्पूर्ण दोषीलाई यथाशीघ्र पक्राउ गरी कडा कारवाही गर्न आयोगका प्रवक्ता मोहना अन्सारीद्वारा जारी विज्ञप्तिमा आक्रमणमा संलग्न व्यक्तिलाई यथाशक्य पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन  सरकारसमक्ष जोड्दार माग गरको छ ।

त्यस्तै आयोगद्वारा जारी विज्ञप्तिमा बारा जिल्ला, कलैया नगरपालिका–८ की ७ वर्षीया बालिका २०७१ फागुन ८ गते साझा आफ्ना बाबुसँग शृङ्गार पसल गएको समयमा बेपत्ता भई शनिबार बिहान ६ः३० बजे कलैया–६ स्थित त्रि–चन्द्र उच्चमाध्यमिक विद्यालयनजिकै निर्वस्त्र अचेत अवस्थामा भेटिएको भन्ने घटना सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित घटनाप्रति पनि आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस प्रकारका क्रूर, अमानवीय तथा जघन्य अपराधको भत्सर्ना गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031