शनिबार, चैत्र १८, २०७९

आमसञ्चार नीतिको मस्यौदा पत्रकार र पत्रकारिताको विकासमा केन्द्रीत: मन्त्री डा.रिजाल

काठमाडौँ फागुन ३, सरकारले पत्रकार र पत्रकारिता क्षेत्रको समग्र विकासमा केन्द्रित भएर आमसञ्चार नीति ल्याउने तयारी गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयमा सो नीतिको मस्यौदामाथि केन्द्रित रहेर मन्त्रालय  विभाग, सञ्चारमाध्यम, नेपाल पत्रकार महासङ्घ तथा सञ्चार क्षेत्रसँग सम्बन्धित पेसागत तथा व्यावसायिक सङ्गठनका प्रमुख एवम् प्रतिनिधिसङग छलफल गरिएको छ ।

minendra-rijalछलफलको क्रममा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले विस २०४९ पछि सञ्चारसम्बन्धी कुनै नीति नबनेकाले सबै सरोकारवालासँगको छलफल र बहसपछि सरकारले नीतिको मस्यौदा बनाएको जानकारी दिँदै अत्यन्त मेहनत र असल आशय राखेर पत्रकार र पत्रकारिता क्षेत्रको श्रीवृद्धि र जनआन्दोलनको उपलब्धिलाई रक्षा गर्ने ढङ्गबाट आमसञ्चार नीतिको मस्यौदा गरिएको जानकारी दिदै पत्रकारिता क्षेत्रलाई राज्यका तर्फबाट उपलब्ध गराइने सहयोग र सुविधालाई कसरी सजिलोसँग सरोकारवाला समक्ष पु-याउन सकिन्छ भन्ने  प्रमुख लक्ष्य  रहेको बताउँदै सम्पादकीय र अभिव्यक्ति स्वतन्त्रतालाई  विषयमा प्रस्तावित नयाँ नीतिमा विशेष ध्यान पु-याइने त्यस अवसरमा प्रतिबद्धता व्यक्त गर्दै मन्त्री रिजालले नीतिलाई निचोडमा पु-याउन यथाशीघ्र लिखित सुझाव दिन सबै सरोकारवाला पक्षसँग आह्वान पनि गर्नुभएको छ ।

तर सरोकारवालाका तर्फबाट सरकारले ल्याउन लागेको मस्यौदालाई समयसापेक्ष तुल्याउन र पत्रकारिता क्षेत्रलाई व्यवस्थित पार्न अझ धेरै छलफल र सुधारको खाँचो रहेको सुझाव दिइएको थियो । त्यस्तै सरोकारवालाहरुका तर्फबाट क्रमस नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले नेपालका पत्रकार र पत्रकारिता जगत्ले परिवर्तनका लागि गरेको योगदानलाई कदर गर्ने ढङ्गबाट मात्र नयाँ नीति ल्याइनुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो भने महासङ्घका पूर्व अध्यक्ष एवम् फ्रिडम फोरम नेपालको अध्यक्ष तारानाथ दाहालले पत्रकार र पत्रकारितालाई केन्द्रबिन्दुमा राखेर बनाइने नीतिमा स्वतन्त्रताको विषयलाई प्राथमिकता दिन आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

छलफलमा नेपाल प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, राससका महाप्रबन्धक श्रीरामसिंह बस्नेत, राष्ट्रिय छापा माध्यम सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठी, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी,प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्याल, क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्य, नेपाल टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाईं, रेडियो नेपालका समाचार महाशाखा प्रमुख खगेन्द्र खत्री, ,पत्रकारहरू दामोदर दवाडी नेपाल विज्ञापन सङ्घका अध्यक्ष सन्तोष क्षेत्री,लगायतले आ आफ्नो धारणा राख्नु भएको थियो ।

 यसअघि  नेपाल पत्रकार महासङ्घद्दारा आयोजित छलफलमा कार्यक्रममा भाग लिदै सरोकारवाला निकाय एवम् विज्ञहरूले प्रस्तुत मस्यौदा आफैमा आमसञ्चार नीति प्रेस स्वतन्त्रता र सञ्चारकर्मी मैत्री नभएको बताउदै संशोधनका लागि सुझाव दिएका थिए।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031