सोमवार, चैत्र १३, २०७९

आन्दोलनमा दमन गर्न खोजे प्रतिकार गर्ने प्रवक्ता शर्माको चेतावनी

शनिवारको  ३० दलीय मोर्चाको प्रदर्शन शान्तिपूर्ण र अनुसासित हुने

काठमाडौ फागुन १५ , एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले सम्वाद क्लब नेपालले आज आयोजना गरेको अन्तरक्रियामा एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले dinanath- शनिवार राजधानीमा सत्तारुढ दलले प्रदर्शन गरेको दुई तिहाइको दम्भको बिरुद्द, जनयुद्ध र २०६२/६३ को जनआन्दोलनबाट प्राप्त संङघीयता समाबेशी, धर्म निरपेक्षता,समानता र जनजीविका लगायतका मुद्दाहरु सस्थागत गर्न र यथास्थितिवादीहरुलाई दबाब दिन गर्ने शक्ति प्रदर्शन शान्तिपूर्ण र अनुसासित हुने बताउनुभएको छ ।

त्यस्तै अन्तरक्रियामा प्रवक्ता शर्माले  शान्तिपूर्ण र अनुसासित आन्दोलनमा दमन गर्न खोजे प्रतिकार गर्ने चेतावनी समेत दिए ।  वाइसिएलले गरेको प्रदर्शनविरुद्ध गृहमन्त्रालयले जारी गरेको विज्ञप्ती दुःखद र लोकतन्त्रमाथिको ठाडो हस्तक्षेप भएको उनले आरोप लगाए ।सत्तारुढदल काँग्रेस र एमालेले बृहत शान्ति सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै इमान्दार भएर पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान निर्माणको र्शमा मात्र अव वार्ता हुँने बताउँनु भएको छ ।

त्यस्तै सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बन्दै गरेको सहमतिको वतावरण स्वयम सत्तारुढदलले विथोलेका कारण मुलुकमा आजको परिस्थिती सिर्जना भएको दावी प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा  राजनीतिक विश्लेषक सोनाम छिरिङ शेर्पालगायतका वरुक्ताहरुले बोल्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031