सोमबार ३० दलको बैठक पछि आन्दोलनको रुपरेखा तय गरिने
काठमाडौ माघ ११, एमाओवादीको नेतृत्वमा रहेको १९ दलीय सङ्घीय लोकतान्त्रिक गठवन्धनको विरोध र नाराबाजीका बावजूद संविधानका विवादित विषयसँग सम्बन्धित प्रश्नावली समिति गठन गरिएपछि संविधानसभाको बैठकबाट बाहिरिएलगत्तै सिंहदबारमा बसेको १९ दलीय मोर्चाको बैठकले सभाध्यक्षले प्रश्नावली समिति गठन गरेर विगतका सहमतिहरुको ठाडो उल्लंघन गरेको निष्कर्ष सहित सत्तापक्ष, सरकार र संविधानसभाध्यक्ष सुवास नेम्वाङले बोलाएको कुनैपनि वार्तामा सहभागी नहुने निर्णय गरेको छ ।
संविधानसभाको आइतबारको बैठकबाट बाहिरिएलगत्तै सिंहदबारमा बसेको १९ दलीय मोर्चाको बैठकले सभाध्यक्षले प्रश्नावली समिति गठन गरेर विगतका सहमतिहरुको ठाडो उल्लंघन गरेको निष्कर्ष निकालेको हो । बैठकपछि अयोजित पत्रकार सम्मेलनमा मोर्चाका संयोजक एवंम एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभाध्यक्ष सुवास नेम्वाङको विरोधमा देशभर प्रदर्शन गरिने जानकारी दिए । साथै १२ बुँदेदेखि शान्तिसम्झौतायताका सबै सम्झौता सत्तापक्षले तोडेको आरोप लगाउँदै अध्यक्ष प्रचण्ठलेविपक्षीहरुले आजका दिनलाई ‘कलंक’को दिनका रुपमा मान्ने बताउँदै सोमबार ३० दलको बैठक पछि आन्दोलनको रुपरेखा तय गरिने जानकारी दिएका छन ।