बिहिबार, चैत्र १५, २०८०

सहिदको बलिदानको बाट  प्राप्त  उपलब्धिलाई संविधानमा संस्थागत गर्ने महान् अभियानलाई छिटो पूरा गरौं :प्रम कोईराला

काठमाडौ माघ  १६,   प्रधानमन्त्री सुशील कोइरालाले   सहिद दिवसका सहिदको सपना साकार पार्न समर्पित सबै नेपाली दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै  Sushil-Koirala-8दिनुभएको शुभकामना सन्देश दिँदै नेपाली जनताले अहिलेसम्मका आन्दोलन र सङ्घर्षबाट प्राप्त गरेका अधिकारलाई संस्थागत गर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउने यस ऐतिहासिक घडीमा संविधानसभामा र बाहिर रहनुभएका सबै राजनीतिक दलसमक्ष सहिदको बलिदानको बाट हासिल भएका उपलब्धिलाई संविधानमा संस्थागत गर्ने महान् अभियानलाई छिटो पूरा गरी जनतालाई सुखी र समृद्ध बनाउने कार्यमा सहभागी हुन अनुरोध गर्नुभएको छ ।

त्यस्तै सन्देशमा  प्रम कोईरालाले    देशको अस्तित्व रक्षा र जनताको हकहित, अधिकार र स्वतन्त्रताका निम्ति आफ्नो जीवन आहुति दिने महान् सहिदको बलिदानको श्रद्धापूर्वक स्मरण गर्दै सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त  गर्दै  जहानिया राणाशासन, पञ्चायती व्यवस्था तथा राजाको निरङ्कुशताका विरुद्धमा चालिएका विभिन्न आन्दोलनसहित  नागरिक अधिकार प्राप्तिका निमित्त भएका सङ्घर्षमा  जीवन उत्सर्ग गर्ने सहिदको सपना, निष्ठा, त्याग र बलिदानसहित उहाँहरुको जीवनका समग्र पक्षको पुनःस्मरण गर्ने अवसर भएको पनि बताउनुभएको छ ।