शुक्रबार, चैत्र १६, २०८०

सर्वनाममा युवा कलाकार शैलेशको तुली

काठमाडौ पौष २२, सर्वनाम आर्ट ग्यालरीमा सोमवार देखि युवा कलाकार शैलेश गुरुङको तुली नामक चौथो एकल कला प्रदर्शनी सुरु भएको छ ।  प्रदर्शनीको एक कार्यक्रमका _MG_9580वी20141209_081535 20141209_081518 20141209_081325च ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले उद्घाटन गर्नुभएको हो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै कुलपति उपाध्यायले शैलेशका कलाकृति निकै सामाजिक रहेको बताउँदै यो त नेपाली महिलाको विषय हो । यसलाई कलामार्फत उतारेर कलाकारले महिला समानताको विषय उठाएको बताउँनु भएको थियो ।

त्यस्तै गरि कला समीक्षक केशव राज खनालले शैलेशको कला यात्रा र कलाका बारेमा समीक्षात्मक मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा कार्यक्रममा कार्टुनिष्ट क्लबका अध्यक्ष अविन श्रेष्ठ, आर्टनेपालका संयोजक दिवेश प्रधान लगायतले कलाकारको कलाकारिता माथि प्रकास पार्नु भएको थियो  ।

भैरहवालाई कार्यक्षेत्र बनाउँदै विगत २० वर्षदेखि कला क्षेत्रमा साधनारत् युवा कलाकार गुरुङले प्रस्तुत कलात्मकढङग सहित जलरङमार्फत आफ्ना भावनात्मक विचार सहित प्रदर्शनीमा समाजमा एकल महिलाले भोग्नुपरेका तितो यर्थातलाई सचित्र प्रस्तुत गरिएको 20141218_164945 20141218_165008छ । प्रदर्शनी यही पुस २८ गतेसम्म चल्ने छ ।