शनिबार, बैशाख ८, २०८१

विवादित सवाललाई जनमत सङ्ग्रहबाट टुङ्याउन राप्रपा नेपाल जनदबाब सिर्जना गर्ने

काठमाडौ माघ १२,  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नयाँ संविधानका विवादित सवाललाई जनमत सङ्ग्रहमा लगेर टुङ्याउनुपर्ने माग सम्बोधनका लागि देशभर जनदबाब RPPN-Jhanda1सिर्जना गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष कमल थापाको सभापतित्वमा आज बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न नेताले सहमति तथा विधि र प्रक्रिया कायम हुन नसकेको अवस्थामा विवादित विषयलाई जनतामा लगेर टुङ्गो लगाउन माग गरेपछि सबै जिल्लामा जनमतको वातावरण बनाउँदै दवाव मुलुक कार्यक्रमको आयोजना गर्ने र उक्त कार्यक्रममा केन्द्रीयस्तरका नेताहरुको सहभागीतामा सञ्चालन गर्ने निर्णय गरको प्राप्त समाचारमा उल्लेख  गरिएको छ ।

त्यस्तै  बैठकले संविधानसभामा दलहरूबीच असहमति हुँदाहुँदै प्रश्नावली समिति गठन गर्ने सभाध्यक्षको कदमले देशभित्र राजनीतिक ध्रुवीकरण बढाउने निष्कर्ष निकालेको राप्रपा नेपालका सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभएको छ ।