शुक्रबार, बैशाख ७, २०८१

यस्तो छ जापानी पत्रकार मुक्तगर्न आइएसको अर्को शर्त

एजेन्सी   माघ १३,   जापानले इस्लामिक स्टेटद्वारा पक्राउ गरिएका आफ्ना नागरिकलाई मुक्त गर्नका लागि जोर्डन सरकारसँग मिलेर काम गरिरहेको बताइएको छ । ISIS_ इस्लामिक अतिवादी आइएसले अपहरण गरेका आफ्ना एकजना नागरिकको हत्या गरिसकेको र अर्का नागरिकलाई पनि हत्या गर्ने धम्की दिएकोले जापान सरकारले आफ्ना नागरिकलाई मुक्त गर्नका लागि जोर्डन सरकारमार्फत पहल गरेको हो । एकजना जापानी सरकारी अधिकारीले सो बारेमा जानकारी दिएका समाचारमा जनाइएको छ । ती अधिकारीले जोर्डनमार्फत सो पहल सुरु गरेका बताइएको छ । अपहरणमा रहेका जापानी नागरिक पत्रकार हुन् । त्यस्तै उनीसँगै एकजना जोर्डनी नागरिक पनि अपहरणमा रहेका छन् । जोर्डनी नागरिक विमानचालक हुन् । सो समूहले जापान सरकारसँग २० करोड अमेरिकी डलर फिरौती मागेका थिए ।

जापान सरकारले सो फिरौती रकम दिन नमानेपछि उनको हत्या भएको थियो । जापानी पत्रकारको रिहाईका लागि उक्त इस्लामिक समूहले फेरि माग परिवर्तन गरेको छ । उसले ती पत्रकारको जीवन बचाउने हो भने जोर्डनको जेलमा रहेका आफ्ना सदस्यलाई रिहा गर्नुपर्ने शर्त अघि सारेका छन् ।जोर्डनी जेलमा आइएसका एकजना सदस्य साजिदा अल रिसवाईलाई थुनेर राखिएको छ । उनको रिहाई गरेपछि मात्र जापानी पत्रकार केन्जी गोतोलाई छोडिने सो समूहले पछिल्लो माग गरेको छ ।यसअघि जापानी नागरिकको हत्याको भिडियो सार्वजनिक गरेको आइएसले ती जापानी पत्रकारको रिहाइका लागि जोर्डनी जेलमा रहेका आफ्ना सदस्यलाई मुक्त गर्नुपर्ने माग सहितको अर्काे भिडियो सार्वजनिक गरेको छ ।आफ्ना नागरिकको रिहाइका लागि पहल गर्न जापानी उपविदेशमन्त्री योसिहिदे नाकायामा जोर्डन जानुभएको छ ।

उहाँले त्यहाँका राजा अब्दुल्लाहलाई भेटगरी सो विषयमा कुराकानी गर्नुभएको थियो । जोर्डनी राजा अब्दुल्लाहले जापानी पत्रकार गोतोको रिहाईका लागि जोर्डन सरकारले सक्दो सहयोग गर्ने भन्दै यसका लागि विश्वस्त रहन जापानलाई आग्रह गर्नुभएको जापानी विदेश मन्त्रालयले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । तर जापानी सञ्चारमाध्यमहरुले भने जोर्डन सरकार आफ्नै नागरिकको रिहाइका लागिमात्र पहल गरिरहेको जनाएका छन् । तर जापानी सरकारले त्यसको खण्डन गरेको छ । जापान सरकारले जोर्डनसँग यस विषयमा समन्वय गरिरहेको जानकारी दिएको छ । उसले जोर्डनले आफ्नो तथा जापानी नागरिकको पनि रिहाइका लागि आवश्यक मात्रामा सहयोग गर्ने बचन दिएको उपविदेशमन्त्री नाकायामाले बताउनुभयो ।  everestherald .com 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031