शुक्रबार, चैत्र १६, २०८०

मछिन्द्रनाथको दश कर्मपूजा गरिदै

काठमाडौं पौष २२, मछिन्द्रनाथलाई प्रत्येक वर्षको पौष महिनामा स्नान गराएर रंङग रोगन सहित स्नान गराउँदै मन्दिर परिसरमा रहेको खुल्ला ठाँउमा मूर्तिलाई ल्याएर,  @kathmandu_2071[1]गहना वस्त्र निकालेर चिसो पानी, तातो दूध, ध्यू, महको विभिन्न घडाले खन्याएर कुमारीको उपस्थितिमा स्नान गराउने चलन छ भने मूर्तिलाई मानिसलाई गरिने सबै दश कर्मपूजा गरिने परम्परा रहिआएको छ ।

दसकर्मपूजा अन्र्तगत  मत्स्येन्द्रनाथको मूर्तिमा प्राणप्रतिष्ठाका साथै नारी र पुरुषलाई गरिने दुवै प्रकारको दसकर्म संस्कार सोमबार सम्पन्न भएको छ । मत्स्येन्द्रनाथलाई हरेक वर्ष पौष शुक्ल पूणिर्माका दिन परम्परागत बौद्धविधिअनुसार प्राणप्रतिष्ठा गराई पुरुष र नारीलाई गरिने जातकर्म, नामकर्म, अन्नप्रासन, उपनयन, चूडाकर्म, ईही ९बेलविवाह०, गुफा राख्ने आदि दसकर्म संस्कार सम्पन्न गर्ने  गरिन्छ ।