बिहिबार, बैशाख ६, २०८१

बेहुला बेहुलीसहित जन्ती बस दुर्घटना चार वर्षीया बालिकाको मृत्यु

काठमाडौं माघ १७, रामेछापको बेतालीबाट बेहुला बेहुलीसहित जन्तीको टोली लिएर फर्किएको अरनिको यातायात सेवा समितिको बा२ख ६५७९ नं बस आज दुर्घटना हुँदा timthumbएक चार वर्षीया कृति खड्का बालिकाको मृत्यु भएको छ भने वसमा सवार १६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसारर जन्ती फर्केको उक्त बस दुर्घटनामा परेको र दुर्घटनामा गम्भीर घाइते हुनेहरुमा चन्द्रबहादुर योगी र कुवेर योगी छन् । घाइतेहरुको चरिकोटका अस्पतालहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।  प्रहरीले बस चालक इन्द्रबहादुर खड्कालाई नियन्त्रणमा लिएर अवश्यक कारवाही सुरुगरको बुझिएको छ।