शुक्रबार, बैशाख ७, २०८१

 प्रश्नावली समितिको बैठक अझै सुरु भएन ,समितिका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङ नेपालगन्जबाट काठमाडौँ आउँदै

काठमाडौं माघ १७,  नयाँ संविधानका विवादित विषयमा सहमति नबनेपछि प्रक्रियामा जान सत्ता पक्ष मात्रको सहभागितामा माघ ११ गते गठन गरिएको प्रश्नावली sambidhanसमितिको आज बस्ने भनिएको बैठक निर्धारित समय वितिसक्दा पनि बैठक अझै बस्न सकेको छैन ।

प्रश्नावली प्रस्ताव निर्माण समितिका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङ उपस्थित हुन नसकेका कारण दिउँसो १ बजेका लागि तोकिएको समितिको बैठक अहिलेसम्म बस्न नसकेको हो।  गुरुङ नेपालगन्जबाट काठमाडौँ आउँदै गरेकाले केहीबेर बैठक ढिलो हुन गएको थाहा भएको छ ।  संविधानसभा सचिवालयका अनुसार आजको पहिलो बैठकले समितिको कार्यविधि र काम कारबाहीबारे छलफल हुने जानकारी दिएको छ।

त्यस्तै  एका तर्फ सत्ता र विपक्षी दलहरुबीच पछिल्ला दिनमा संवादहीनताको स्थिति र अर्कातर्फ  दलहरुमा सहमतिको प्रयास भएपनि विपक्षीहरुले प्रश्नावली समिति खारेज गरी सहमतिमै संविधान बनाउने सुनिश्चित गर्नुपर्ने अडान लिइरहेको अवस्थाका वीच बैठक निर्धरित समयम नहुनुले मुलुकको रजनैतिक वृतमा अनेकन आशंका गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031