शनिबार, बैशाख ८, २०८१

पौराणिक साँस्कृतिक तथा धार्मिक महत्वको माधवनारायण मेला

IMG_2256sjh_roadphotography_madhav narayan sali nadi sakhu panauti_2071 IMG_2527sjh_roadphotography_madhav narayan sali nadi sakhu panauti_2071 IMG_2541sjh_roadphotography_madhav narayan sali nadi sakhu panauti_2071 IMG_2648sjh_roadphotography_madhav narayan sali nadi sakhu panauti_2071 IMG_2667sjh_roadphotography_madhav narayan sali nadi sakhu panauti_2071 IMG_2684sjh_roadphotography_madhav narayan sali nadi sakhu panauti_2071 IMG_2752sjh_roadphotography_madhav narayan sali nadi sakhu panauti_2071 IMG_2761sjh_roadphotography_madhav narayan sali nadi sakhu panauti_2071 IMG_2769sjh_roadphotography_madhav narayan sali nadi sakhu panauti_2071 IMG_2778sjh_roadphotography_madhav narayan sali nadi sakhu panauti_2071 IMG_2787sjh_roadphotography_madhav narayan sali nadi sakhu panauti_2071काठमाडौं माघ १६, पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एकमहिने स्वस्थानी व्रत र उपासनाका लागि राजधानीको साँखुस्थित शालीनदीमा श्रद्धालुको घुइँचो लागेको छ । एक महिनासम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित छ । सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिंग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकांक्षा पूरा भएको कुरा स्वस्थानी कथासँग जोडिएको छ । हिन्दू धर्मावलम्बी समूदायकावीच बीच विशिष्ट महत्व राख्ने यो व्रत बस्नाले मनले चिताएको मनोकाक्षा पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बस्ने गरिन्छ ।

यसैवीच लिच्छविकाल, कलिगत सम्वत ४६१ बाट शुरु भएको अत्यन्त पौराणिक साँस्कृतिक तथा धार्मिक महत्वको मेला माधवनारायण मेला पनि यैवला हन गर्दछ । साँखुबाट प्रारम्भ हुन यो मेलालाई माधवनारायण परदेश यात्रा पनि भनिन्छ । मेलाका क्रममा विष्णुको मूर्तिलाई समेत सँगसँगै यात्रा गराइन्छ । यस मेलामा महिलाहरु १ महिनाको ब्रत बसी महत्वपूर्ण धार्मिक स्थलहरुको यात्रा गर्ने चलन रहिआएको छ ।  यो मेलाका क्रममा साँखुमा ब्रत तथा पूजा गरी प्रारम्भ भएको १३ औं दिनमा पैदल यात्रा गरी पशुपति आइपुग्ने क्रमशः १४ औं दिनमा फर्पिङ र १५ औं दिन शेषनारायण परिसरमा स्नान गरी विष्णुको मुर्ति फर्पिङ नगर परिक्रमा गराई पुनः साँखु लैजाने गरिन्छ ।