शनिबार, बैशाख ८, २०८१

त्यत्तिकै गुज्रियो संविधानसभाध्यक्ष नेम्वाङले सहमति बनाउँन दिएको समयसिमा

काठमाडौ पौष २२,  संविधानसभाध्यक्ष सुवास नेम्वाङले पछिल्लोपटक संविधानका विवादित सवालमा सहमति बनाउँन भन्दै प्रमुख दलहरुलाई दिएको चार दिनको म्याद सकिएपनि प्रमुख दलहरूले विवादित सवानलमा सहमति खोज्ने प्रयास जारी रहे पनि ठोस सहमति बनाउँन भने चुकेका छन । फलस्वरुप सहमति जुटाउनका लागि अध्यक्ष नेम्वाङले दिनुभएको समयसीमा त्यतिकै गुज्रेको छ । संविधानसभाध्यक्ष नेम्वाङले यसवीचमा सोमबारभित्र सहमति नबनेमा संविधानको मस्यौदाको जिम्मेवारी नै आफूलाई दिनसमेत आग्रह गरेका थिए ।

सोमवार सहमतिकै लागि भन्दै प्रमुख दलहरुवीच भएको बैठकमा विशेषगरी संविधानको अन्तरवस्तुको रूपमा रहेको राज्यको पुनःसंरचना, शासकीय स्वरूप, न्याय प्रणाली, निर्वाचन प्रणालीलगायतका विषयमा छलफल भए पनि कुनै पनि सहमति नबनेपछि आज काँग्रेस र एमाओवादी तथा मधेसी मोर्चाका बीचमा दुईपक्षीय तथा तीनपक्षीय छलफल हुने र दिउँसो पुनः चार पक्षको संयुक्त बैठक बस्ने तय भएको बुझिएको छ ।