बुधबार, बैशाख १२, २०८१

तत्कालीन प्रहरी नायब निरीक्षक सङ्ग्रौलाविरुद्ध मुद्धा दायर

काठमाडौ माघ १४,  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन प्रहरी नायब निरीक्षक जयन्द्र सङ्ग्रौलाविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नोकरी सुरु  गरेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।  सङ्ग्रौलाले सुरु नियुक्तिको लागि पेस गरेको विहार इन्टरमिडियट शिक्षा परिषद् पटना अन्तर्गतबाट सन् १९९३ मा आइए. तह उतीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवम् झुट्टा देखिन आएको आयोगले जनाएको छ ।

सङ्ग्रौलामाथि भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम हदैसम्मको दण्ड सजाय हुन मागदावी गरिएको आयोगले जनाएको छ ।