शनिबार, बैशाख ८, २०८१

टेलिभिजन स्टुडियोमा नक्कली बन्दुकधारीले मच्चाए हंङगामा

 एजेन्सी माघ १६,  नेदरल्याण्ड्सको एउटा टेलिभिजन स्टुडियोमा नक्कली बन्दुकसहित एक जना युवक प्रवेश गरेपछि हंगामा मच्चिएको छ । डच टिभि dutch_big3च्यानल  एन.ओ.एस. को स्टुडियोमा साँझको मुख्य समाचार प्रशारण हुने बेला ती युवक हातमा पेस्तोल लिएर जर्बजस्ती प्रवेश गरेर टेलिभिजन स्टुडियोमा हंङगामा मच्चाएको समाचारमा उल्लेख रहेको छ ।

आफ्ना कुरा राख्न पाउनुपर्ने माग गर्दै सेतो सर्टसहितको कालो सुटमा टेलिभिजन कार्यालय पुगेका युवकले फिल्मी शैलीमा सुरक्षा गार्डलाई बन्धक बनाई स्टुडियो प्रवेश गरेका थिए । तर ती सुरक्षा गार्डले चलाखीपुर्ण तरीकाले बन्दुकधारी युवकलाई साँझको समाचार प्रशारण हुने मुख्य स्टुडियोमा नलगी दिउसोको समाचार प्रशारण हुने स्टुडियोमा पुर्‍याएका थिए । खाली स्टुडियोमा पुगेको थाहा पाएपछि ती युवकले आफु साईबर हमलाकारी नेटवर्कको सदस्य रहेको र आफ्ना कुरा राख्न नदिए आक्रमण गर्ने धम्की दिएका थिए ।

बन्दुकधारीले स्टुडियोमा हंगामा मच्चाईरहँदा टेलिभिजनले भने विशेष परिस्थीतले अहिले कुनैपनि प्रशारण उपलब्ध छैन भन्दै सुचना प्रशारण गरेको थियो ।पछि सशस्त्र सुरक्षाबल आईपुगेपछि ती युवकले बन्दुक छोडेर आत्मसमर्पण गरेका थिए । बन्दुधकारी युवक के चाहन्थे र उनी किन टेलिभिजनसँग प्रशारण समय माग्दै थिए भन्नेबारे केही खुलाईएको छैन । डच प्रहरीले गैरकानुनी हतियार प्रयोग तथा मानव बन्धक प्रकरणमा ती युवकमाथि अभियोग दायर गर्दै छानविन अघि बढाएको छ ।