शुक्रबार, बैशाख १४, २०८१

एमाले अध्यक्ष केपी ओली यथास्थितिवाद तर्फ फर्कन खोजेको प्रवक्ता शर्माको आरोप

काठमाडौं पौष २७, एमाओवादीको पार्टी मुख्यालय पेरिसडाँडा कोटेश्वरमा शनिवार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टी प्रवक्ता दीनानाथ शर्माले imagesएमाले अध्यक्ष केपी ओली यथास्थितिवाद तर्फ फर्कन खोजेको आरोप लगाउँएका छन । साथै उहाँले सत्तारुढदको यस्तै स्थिती रहने हमे भने माघ ८ मा संविधान आउन नसक्ने बताउनुभएको छ ।

पत्रकार भेटघट कार्यक्रममा प्रवक्ता शर्माले ३० दलिय मोर्चा लचिलो भएता पनि सत्तारुढ दलले लचकता अपनाउन आनाकानी गरेको भन्दै उहाँले माघ ८ गतेभित्र पूर्णरुपमा संविधान नबने पनि सहमतिको वातावरण बने त्यो महत्वपूर्ण कुरा हुने धारणा राख्नुभएको थियो ।
साथै संविधानसभाबाट संविधान नबनाई प्रक्रियाको नाममा बहुमतको आधारमा जान खोजे त्यसका विरुद्ध आन्दोलन गर्नुको विकल्पनभएको पनि प्रवक्ता शर्माले त्यस अवसरमा बताए ।