बिहिबार, बैशाख ६, २०८१

अनाथ आश्रमलाई डालस एभरेस्ट लायन्स क्लबको सहयोग

काठमाडौ माघ १६,  अमेरिकाको टेक्सासमा एकदशब अगाठी नेपालीद्वारा स्थापना भएको डालस एभरेस्ट लायन्स क्लबले नेपालको सगरमाथा प्रतिष्ठान नेपालद्वारा DSCF4545सञ्चालित एभरेस्ट चाइल्ड केयर होमलाई ९७ हजार ५ सय ५० रुपैयाँ सहयोग गरेको छ । लायन्स क्लबका फाउन्डर चार्टर, उपाध्यक्ष शिव पुलालले सो रकम एभरेस्ट चाइल्ड केयर होमका अध्यक्ष एनपी लिम्बूलाई हस्तान्तरण गर्नुभएको हो ।

रकम हस्तान्तरण कार्यक्रममा क्लबको अध्यक्ष केआर बास्तोला सचिव, बीएन पन्त र पूर्वअध्यक्षहरू शशी भट्टराई, शिव कार्कीले र सदस्यबाट सो रकम संकलन गरिएको जानकारी दिनुभएको  थियो ।

चाइल्ड केयर होममा चार महिनाको बच्चादेखि १४ वर्षसम्मका अनाथ केटाकेटी रहेको सो केयर होममा कुनै संघ/संस्थाको सहयोग छैन ।