काठमाडौ पौष २२, सर्वनाम आर्ट ग्यालरीमा सोमवार देखि युवा कलाकार शैलेश गुरुङको तुली नामक चौथो एकल कला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको एक कार्यक्रमका वी
च ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले उद्घाटन गर्नुभएको हो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै कुलपति उपाध्यायले शैलेशका कलाकृति निकै सामाजिक रहेको बताउँदै यो त नेपाली महिलाको विषय हो । यसलाई कलामार्फत उतारेर कलाकारले महिला समानताको विषय उठाएको बताउँनु भएको थियो ।
त्यस्तै गरि कला समीक्षक केशव राज खनालले शैलेशको कला यात्रा र कलाका बारेमा समीक्षात्मक मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा कार्यक्रममा कार्टुनिष्ट क्लबका अध्यक्ष अविन श्रेष्ठ, आर्टनेपालका संयोजक दिवेश प्रधान लगायतले कलाकारको कलाकारिता माथि प्रकास पार्नु भएको थियो ।
भैरहवालाई कार्यक्षेत्र बनाउँदै विगत २० वर्षदेखि कला क्षेत्रमा साधनारत् युवा कलाकार गुरुङले प्रस्तुत कलात्मकढङग सहित जलरङमार्फत आफ्ना भावनात्मक विचार सहित प्रदर्शनीमा समाजमा एकल महिलाले भोग्नुपरेका तितो यर्थातलाई सचित्र प्रस्तुत गरिएको
छ । प्रदर्शनी यही पुस २८ गतेसम्म चल्ने छ ।