बुधबार, अशोज १७, २०८०

सत्तारुढ दलले आज एमाओवादीलगायतका दलसङग विकल्पसहित छलफल गर्ने

अझै पनि सहमतिको आलाप  जप्दै दलहरु

काठमाडौ पौष २२, संविधानका विवादित सवालमा दिनहुँ जस्तो सहमति बनाउने भन्दै बैठक बस्दै आएका सत्तारुढदल नेपाली काँग्रेस र नेकपा एमालेले र 3-dal1एमाओवादी,मधेसवादी लगायतका सानादलहरु वीचको निर्णायक भन्दै बस्दै गरेको बैठक आफैमा निष्कर्षहिन बन्दै गएको अवस्थामा सोमवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक पनि विना निष्कर्ष टुङगिएको छ ।

एकातर्फ संविधान जारीको लागि प्रस्ताव गरिएको मिति पनि नगिचिदै गर्दाको अवस्था र अर्कोतर्फ दलहरुको आआफ्नै अडानका कारण अनिर्णयको बन्धक बन्दै आएको मुलुकको राजनैतिक वृतमा देखिएको यो अन्यौलताले यत्रतत्र सर्वत्र निरासाको वादल मडारिएको अवस्था छ ।  यद्यपी दलहरु अझै पनि सहमतिको आलाप जप्न पछि परेका छैनन । यसैक्रममा आज पनि संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि विकल्प सहितको छलफल भन्दै  प्रमुख तीन दल र मधेसी मोर्चाका नेताहरुले आज पनि दुई पक्षीय तथा बहुपक्षीय छलफल गर्ने भएका छन् । एमाओवादी र मधेसी वादीदलसङग सत्तारुढ दलले छलफल गर्ने भएका छन् ।  आज बस्ने भनिएको बैठकमा विशेषगरी सोमवार एमाओवादी नेतृत्वको सङ्घीय लोकतान्त्रिक गठबन्धनले प्रस्तत गरेको नौबुँदे प्रस्तावका विषयमा समान धारणा खोज्नका लागियथाम्भव प्रयास गर्ने नेताहरुले बताएका छन ।

सोमवार प्रम निवासमा बसेको प्र्मुख सत्तारुढदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादी नेतृत्वको मोर्चाले पेस गरेको प्रस्तावका विषयमा छलफल भएको र आज बस्ने बैठकबाट उक्त प्रस्ताव उपर समान सहमति विन्दु पहिचान गर्ने जानकारी दिएका छन । तर उहाँले बैठकबाट भएको निर्णयका विषयमा भने थप जानकारी दिनु भएनन । साथै उहाँले सत्तारुढ दलका तर्फबाट प्रस्तुत प्रस्ताव र एमाओवादीका तर्फबाट पेस भएको प्रस्तावमा आधारित रहेर मध्यमार्गी बाटोको पहिचन गर्न आजको बैठकमा आफूहरूले तयार पारेको प्रस्ताव पेस गर्ने बताउँनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031