मङ्लबार, अशोज १६, २०८०

सत्तारुढदल, एमाओवादी र मधेसवादी दलहरूवीचको निर्णायक भनिएको आजको बैठक बिनानिष्कर्ष टुङगियो

एमाले अध्यक्ष ओलीले सद्भावना अध्यक्ष महतोलाई भने विहार र उत्तर प्रदेश पनि सम्मै छन् त्यो पनि दाबी गर्नुहुने हो कि ?’

स्वायत्त मधेश प्रदेशको व्यवस्था हुनुपर्ने आफ्नो अडान कायमै रहेको फोरमको अभिव्यक्ति

काठमाडौ पौष २३, संविधानका विवादित सवालमा सहमति बनाउने क्रममा निर्णायक र अन्तिम छलफल भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा वार्तामा जुटेका सत्तारुढदल नेपाली काँग्रेस ,एमाले एमाओवादी र मधेसवादी दलहरूवीचको आजको बैठक बिनानिष्कर्ष टुङगिएको छ ।

image (1)आजको बैठकको सुरुमै काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले राज्यको पुनःसंरचनाका सम्बन्धमा तपाइँको धारणा के हो भनी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई धारणा राख्न भन्नुभएको थियो । त्यसपछि अध्यक्ष महतोले तराईको कुनै पनि भूभाग पहाडमा मिलाउन नहुने बताउदै महोतोले मधेसमा दुई वटा प्रदेश बनाउनुपर्ने धारणा राखेलगत्तै एमाले अध्यक्ष केपी ओलीले प्रतिवाद गरेपछि बैठकमा विवाद सुरुभएको भएको बुझिएको छ ।

छलफलको क्रममा एमाले अध्यक्ष ओलीले मधेसमा प्रदेश बनाउने बिषयमा मधेसवादी दलको प्रस्ताव तर्कसङगत नभएकोले सहमतितर्फ जान नसकिएको बताउँदै व्यङ्ग्यात्मक शैलीमा छिमेकको विहार र उत्तर प्रदेश पनि सम्मै छन् त्यो पनि दाबी गर्नुहुने हो कि ?’ भनेपछि बैठकमा मधेसवादी नेताहरू उत्तेजित भएको बैठकमा सहभागी नेताले बताएका छन ।

यसैवीच मधेसी जनअधिकार फोरम नेपालले नयाँ संविधानमा राज्य पुनर्संरचना आयोगको प्रतिवेदनका आधारमा बन्नुपर्ने माग गरेको छ । स्वायत्त मधेश प्रदेशको व्यवस्था हुनुपर्ने पनि अडान कायम राखेको छ । फोरम नेपालको राजनीतिक समितिको बैठकपछि जारी विज्ञप्तिमा अध्यक्ष उपेन्द्र यादवले आत्मनिर्णयको अधिकारसहितको स्वायत्त मधेश प्रदेशमा दृढतापूर्वक अडिग रहने निर्णय गरेको उल्लेख गर्नुभएको छ ।

स्वशासन, प्रादेशिक स्वायत्ततासहितका अधिकार सम्पन्न प्रदेशहरुको निर्माण मुख्यरुपले सामथ्र्य र पहिचानका आधारमा हुनुपर्ने पक्षमा रहेको फोरम नेपालले जनाएको छ । विज्ञप्तिमा सरकारसँग विगतमा भएको २२ बुँदे सम्झौता, मधेशी मोर्चा र सरकारबीच सम्पन्न ८ बुँदे सम्झौता, राज्य पुनर्संरचना आयोगको प्रतिवेदन, अन्तरिम संविधानमा भएको संघीयता सम्बन्धि व्यवस्थालाई बटमलाइन बनाएको उल्लेख छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031