मङ्लबार, साउन ३१, २०७९

मानवशास्त्र,भौतिकवाद र समाज विकास

बसन्त शर्मा
मानव सभ्यताको विकासको क्रममा लोग्ने मानिसलाई मात्रै मानव शास्त्रका विषय वस्तुका रुपमा प्रयोग गरेको पाइन्छ, तर ८० को दशक पछि त्यो विस्थापित हुँदै मानव भन्नाले पुरुष र महिला दुबैको हकमा लागु हुन थाल्यो । मानवशास्त्र पुरै मानव जीवन र जगतलाई बुझ्ने गरी परिभाषित हुनु पर्ने मान्यता अघि बढ्दैजाँदा त्यसका दृष्टिकोणमा समेत परिमार्जन हुँदै आएको देखिन्छ । जसलाई समग्रवादले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । कुनै खास समयको अन्तरालमा कुनै पनि समाज विकसित हुँदै जान्छ भन्ने मान्यतालाई हामी माक्र्सवादको आधारभूत सिद्धान्तका रुपमा लिन्छौं भने पदार्थ र चेतनाको पहिलो स्थानका बारेमा आदर्शवादको एउटा छुट्टै विवेचना छ । मानवशास्त्र त्यसको आदि तत्वको बारेमा दोसाँधमा रुमलिई रहेको छ । कारणहरु पनि छन जसले मानवशास्त्रलाई एउटा संकुचित दायरातर्फसमेत धकेल्दै गएको छ । मानवशास्त्र पुरै मानव जीवन र जगतलाई बुझ्ने गरी परिभाषित हुनु पर्ने मान्यता अघि बढ्दैजाँदा त्यसका दृष्टिकोणमा समेत परिमार्जन हुँदै आएको देखिन्छ । जसलाई Social-Anthropology-Essayसमग्रवादले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ ।

माक्र्सवादको मूल आदर्श ‘द्वन्द्वात्मक भौतिकवाद र वर्ग संघर्ष तथा सत्ता मा गएर अड्किन्छ जसले मानवको पुरै चक्रलाई पदार्थमा आउने द्वन्द्वात्मक परिवर्तनमै सीमित गरेको छ । उत्पादन प्रणालीमा फेरबदल हुने विचार, चाहना आदिका प्रकृति र स्वरुपसमेत निश्चित प्रकृतिले फेरबदल हुने मान्यताबीच मानवशास्त्रको ब्यापकता ओझेल परेको महसुस हुन्छ । उता प्रकार्यवादीहरुले समाजलाई एक स्थिर प्रणालीका रुपमा प्रस्तुत गरेका छन् भने माक्र्सवादले समाजको अध्ययन वर्ग संर्घष र वर्गीय द्वन्द्वलाई जोड दिने गरेकाले मानवशास्त्र एउटा पेचिलो विषय बन्दै गईरहेको छ ।

माक्सवादमा मानवशास्त्र कसरी अटाएको छ रु यो एउटा निकै सोचनिय पाटो भएको छ । संरचनात्मक माक्सवाद, साँस्कृतिक माक्सवाद, द्वन्द्वात्मक प्रकार्यवाद र अर्ध साँस्कृतिक भौतिकवादले मानव समाजको एक खालको व्याख्या गरेको भएपनि मानवशास्त्र मामाक्सवाद र आदर्शवादको दोसाँधमा चपेटिएको छ । माक्सवादी मूल्य सिद्धान्त र आर्थिक तथा सामाजिक स्वरुपको स्थापित मूल्यबीचको सन्तुलन कायम नभईकन एउटा समाजमा माक्र्सवाद र आदर्शवादबीच मानवशास्त्र स्पष्ट हुनै सक्दैन । अझै भन्दा  Materialism र Idealism (भौतिकवाद) को अन्तर द्वन्द्वमा छ–मानवशास्त्र । तर माक्सवाद र मानवशास्त्रको सैद्धान्तिक मतान्तरका रुपमा माक्सवादी मानवशास्त्रको विकास भएको मानिन्छ . डा. हेगेलको मानव शास्त्रिय मान्यताको भावभूमिमा कार्लमाक्र्सको एतेहासिक द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तले मानवशास्त्रको दर्शनमा केही थप बल प्रदान गरेको भएपनि मानवशास्त्रको विकासमा माक्र्सवादको भूमिका कस्तो रह्यो एउटा खोज कै विषयमा रहेको छ ।
माक्र्सवाद समाज विज्ञानका लागि एउटा चाखलाग्दो उदाहरण भएपनि त्यहाँ भित्रको प्रयोगबारे विश्वभरिमा थुप्रै मतभेदहरुको विकास हुँदै आएको छ । माक्र्सवादको पुर्नआगमनका लागि सामाजिक सन्दर्भहरुले नै मूख्य भूमिका निर्वाह गर्ने गर्दछन् । ति सन्दर्भका बारेमा सन १९९७ ताका रबर्ट लेटनले भनेको एउटा पंक्ति यतिखेर सम्झिन मन लाग्यो । उनले भनेका थिए–‘माक्र्सवादी मानवशास्त्रको विकास समकालिन मानवशास्त्रीय सिद्धान्तका विभिन्न पक्षहरुप्रतिको असन्तोषको प्रतिउत्तर स्वरुप हो ।
यदी नेपालको परिप्रेक्ष्यमा मानवशास्त्रको विकासका बारेमा खोतल्दैजाने हो भने सन् १९५० को दशकलाई आधार मान्नु पर्ने अवस्था आउदँछ । त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा अध्ययनको परम्परालाई दरिलोरुपमा पकडन नसकेको पाइन्छ ।  धर्म, सँस्कृती, परम्परा र सामाजिक रहन सहनका बारेमा अध्ययन र खोज गर्ने शिलशिलाको शुरुवात पछि मात्र नै नेपालमा मानवशास्त्रको अवस्थाका विभिन्न पाटाहरु खुलेको पाइन्छ । विश्व भू–मण्डलीकरणको कारणबाट निकै साँघुरिंदै गइरहेको अवस्थामा पनि मानव सभ्यता र मानवशास्त्रलाई खुलेर परिभाषित गर्न विश्वका सम्पूर्ण मानवशास्त्रीहरु पूर्ण रुपमा सफल भइसकेका छैनन् ।

नेपालमा शुरु भएको मानवशास्त्रको अध्ययन र अनुसन्धानलाइै केलाउने हो भने हेमिण्डफको सन १९६४ को कामको प्रशंसा नै गर्नु पर्दछ त्यसैगरी हिचक्कको १९९६ र ग्राबिउको १९७२ को अध्ययनका विषय बस्तुहरु विश्वसनीय सम्पत्तिका रुपमा रहेका छन्–नेपालीकालागि । मानवशास्त्रको विकासका बारेमा नेपालमा भएका विदेशी अध्ययन र अनुसन्धानले अध्ययनकर्ताको अपेक्षाकृत नतिजाहरु निकालेको भएपनि थप अध्ययन अनुसन्धान गर्नेहरुकालागि एउटा गतिलो आधार हुन सक्दछ ।
सन १९५२ मा इटालियन मानवशास्त्री जै. टुसीले मुस्ताङमा गरेको अध्ययन र यात्राको निचोड Journey to the Mustang भन्ने पुस्तकबाट नेपालले धेरै कुरा सहयोग पाउने अवस्था छ । मानवशास्त्र एउटा निकै महत्वपूर्ण दर्शन भएपनि यसका विभिन्न पाटाहरुलाई नेपाली संस्कृति सापेक्ष अघि बढाउने चुनौतिहरु थुप्रैछन् । अध्ययन र अनुसन्धान गर्न लगानिको आवश्यकता पर्दछ तर हाम्रो देशमा अध्ययन र अनुसन्धानकालागि लगानी कम मात्रामा हुने गर्दछन् । जसको प्रभाव अन्तराष्ट्रियस्तरका अनुसन्धनात्मक सम्पत्तिहरुको अभावमा हाम्रो संस्कृति र परम्परालाई उजागर गर्न असजिलो महशुस हुने गर्दछ । नेपालमा मानवशास्त्रको अध्ययनका विषयमा भएका गतिविधिहरु मध्ये सन् १९७३मा आयोजना गरिएको एउटा सम्मेलनलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिन सकिन्छ ।

त्यस पछिका गतिविधिहरुलाई केलाउने हो भने सन् १९७८मा नेपाली अध्ययनकर्ताहरुले अन्तराष्ट्रिय स्तरको अध्ययन गर्ने अवसर पाएको इतिहास भेटिन्छ । सन् १९८०–८५ सम्मको अवधिमा नेपालमा मानवशास्त्रका विषयमा केही अध्ययन र सोधहरु प्रकाशन समेत भएका छन् । त्यस पछिको अवधिमा विभिन्न तहको उच्च शिक्षाका विषयमा यो पाटोलाई समावेश गराउँदै आइएको पाइन्छ । माक्सवाद र आदर्शवादको स्याडोमा रहेको मानवशास्त्रको विकासकालागि अबको समयमा लगानिको वातावरण मिलाउदैं यो विषयलाई कुनै वादको छायाँले ओझेलमा पारिनु हुँदैन । समय र परिस्थिति अनुकूल विभिन्नखालका ब्याख्याहरु आइरहेको भए पनि माक्सवाद र आर्दशवादको दोसाँधमा मानवशास्त्र अड्किएको छ । नेपाली समाज यहाँको सभ्यता र हाम्रो समाजिक विकासलाई सम्बोधन गर्नेगरी मानवशास्त्रलाई परिभाषित गर्दै यसको समग्र विकासका लागि अबका दिनहरुमा लगानीको आवश्यकता रहेको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031