शनिबार, चैत्र १८, २०७९

बेमौसमी प्राङगरिक तरकारी खेती सम्बन्धि तालिम सम्पन्न

काठमाडौ माघ १४ , समान्यतया रासायनिक मलखाद तथा बिषादीको प्रयोगले मात्र कृषि उत्पादकत्व बृद्धि हुन्छ भन्ने धारणका आधारमा बढ्दो रासायनिक मलखाद तथा DSCF9294बिषादीको अनियन्त्रीत प्रयोगले मानव स्वास्थ्य, कृषि पार्यावरण तथा वातावरणमा पर्न गएको नकारात्मक असरलाई मध्यनजर गरी प्राङ्खारिक कृषि उत्पादनमा जोड दिदैँ ग्लोबल क्यापिटल ईन्भेष्टमेन्ट लि . जि.सि.आई.  ले “कृषिमा समृद्ध प्राङगरिक राष्ट्र” का रुपमा नेपाललाई चिनाउन प्राङ्गारिक कृषि खेतीतर्फ व्यवसायीक रुपले सहभागी गराउने उद्देश्य अनुरुप किर्तिपुर—१२, काठमाण्डाँैमा बेमौसमी प्राङगरिक तरकारी खेती सम्बन्धि दुई दिने तालिम सम्पन्न गरेको छ।

गत माघ १० र ११ गते किर्तिपुर—१२, काठमाडौमा सञ्चालित उक्त तालिममा ३२ जना कृषकहरुको सहभागीता रहेको थियो। तलिममा बेमौसमी प्राङगरिक तरकारी खेती सम्बन्धि सहभागी कृषकहरुलाई मुख्यतया बेमौसमीप्राङगरिक तरकारी खेती सम्बन्धि जानकारी, बिउ, मौसमी तथा बेमौसमी तरकारी बालीका बिभिन्न जातका बारेमा जानकारी, नर्सरीको परिचय र प्रकार, नर्सरी ब्यबस्थापन प्रबिधि, आईपि लिक्वीडको प्रयोगद्धारा कम्पोष्ट मल बनाउने प्रबिधि, मलखाद ब्यबस्थापन, माटो जाचँका लागि नमुना सँकलन बिधि र माटोको एज् सम्बन्धि जानकारी, घरेलु बिधिद्धारा रोग किरा ब्यबस्थापन सम्बन्धि प्रयोगात्मक सिकाईका साथ तालिम दिईएको थियो ।

तालिममा प्रशिक्षण प्रशिक्षक श्री शिव यन्द्यो, कृषि सल्लाहकार, र श्री गणेश दत्त जोशी, कृषि प्राबिधिकले गरेका थिए। जि. सि. आई. ले कृषिबाट नै कृषकहरुको जिवन स्तर उकास्नकालागि नयाँ— नयाँ आधुनिक कृषि प्रविधि सहितको प्रयोगात्मक सिकाईमा आधारित प्राङगरिक कृषि खेती सम्बन्धि तालिम हरेक महिना सञ्चालन गर्दै आएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031