आइतवार, चैत्र १९, २०७९

बर्ष २०१५ मनाउने क्रममा साङ्घाईमा भएको भागदौडमा ३५ को मृत्यु

एजेन्सी पौष १७, नव वर्ष २०१५ मनाउने क्रममा साङ्घाईमा बुधबार राति भएको भागदौडमा परी ३५ को मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार केन्द्रीय shanghaiसाङ्घाईको नदी किनारमा अवस्थित बन्ड क्षेत्रमा अति बृहत् सङ्ख्यामा स्थानीय जनताहरु बुधबार राति नव वर्ष आगमनको प्रतीक्षा गर्दै उल्लासमय वातावरणमा रमाइरहेका बेला भागदौड मच्चिएको थियो ।

साङ्घाई भएर बग्ने विशाल हवाङ्ग नदी किनारको चोकहरुमा जम्मा भएका १६, १७ वर्षसम्मका युवा युवतीहरुबीच एक्कासी भागदौड मच्चिँदा ३५ जनाको मृत्यु हुनुका साथै अन्य ४२ जना घाइते भएका छन् । मृतकहरुमध्ये २५ जना महिला रहेका छन् ।  घाइतेहरुमध्ये पनि अधिकांश २० देखि २२ वर्षका युवायुवती रहेका र तीमध्ये पनि अधिकांश महिलाहरु नै परेको जनाइएको छ । साङ्घाई महानगरको जनसङ्ख्या दुई करोड ३० लाखभन्दा बढी रहेको सञ्चारमाध्यमहरुले जनाएको छ ।

अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले स्थानीय प्रहरीलाई उदृत गर्दै सम्प्रेषण गरेको समाभारमा उल्लेख भएअनसार महानगरको रमणीय, सधैँ भीडभाड भइरहने बजार क्षेत्र र प्रकाशको झिलीमिलीले अत्यन्त रमाइलो रहने बन्ड क्षेत्रमा हिजो राति ११ः३५ पछि सो घटना भएको उल्ल्ेख रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031