काठमाडौ पौष २१, सूचनाको हकसम्बन्धी ऐन लागू भएपश्चात सबै सरकारी निकायमा अनिवार्य सूचना अधिकृत नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था रहेपनि पनि त्यसका लागि आवश्यक जनशक्तिका रुपमा रहेका आमसञ्चार तथा पत्रकारिता अध्ययन गरेका विद्यार्थीलाई सहभागी गराउन आयोगले चासो नदेखाएको भन्दै त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता विषय लिएर स्नातकोत्तर तह अध्ययनरत र अध्ययन सम्पन्न गरेका विद्यार्थीहरुको सङगठन केन्द्रीय पत्रकारिता विद्यार्थी समाजले सरकारी निकायमा सूचना अधिकृत पदका लागि दरखास्त खुलाउन लोकसेवा आयोगलाई आग्रह गरेका छन् ।
समाजले आयोगका अध्यक्ष कयोदेवी यमीलाई आगामी आर्थिक वर्षदेखि नै सूचना अधिकृत पद सिर्जना गरी दरखास्त माग गर्न आग्रह सहितको ज्ञापनपत्र बुझाएका हो । त्यस्तै समाजले बुझाएको ज्ञापनपत्र बुझ्दै आयोगका अध्यक्ष यमीले सूचना अधिकृतको पद सिर्जना गर्न समान्य प्रशासन मन्त्रालयले गर्ने भएकोले मन्त्रालयले त्यसका लागि प्रक्रिया सुरु गर्नुपर्ने कानुनी प्रावधान रहेको जानकारी दिदै यस प्रसङगमा मन्त्रालयले प्रक्रिया अगाडि बढाएमा आयोगका तर्फबाट आफुले पूर्ण सहयोग गर्ने प्रतिवद्धत प्रकट गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।