बुधबार, चैत्र १५, २०७९

चन्दको गोप्य दस्तावेज भन्छ- संसद्वादी दलहरू विदेशीको उक्साहटमा प्रतिक्रान्तिको घनीभूत तयारीमा जुटेको आरोप

रामकृष्ण अधिकारी-   काठमाडौ पौष २३,  नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले जननिर्वाचित संविधानसभाबाट प्रतिक्रान्तिलाई वैधानिकता दिने अन्तिम तयारीमा संसद्वादी दल लागिपरेको निष्कर्ष निकालेको छ । पार्टी गठनपछिको पहिलो राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्न तयार पारिएको संयोजक चन्दको राजनीतिक दस्तावेजमा संसद्वादी दलहरू विदेशीको उक्साहटमा लागेर माओवादी शक्तिलाई बेवास्ता गर्र्दै प्रतिक्रान्तिको घनीभूत तयारीमा जुटेको आरोप लगाइएको हो । दाङको तुल्सीपुरमा बुधबार सुरु हुन

netraलागेको राष्ट्रिय सम्मेलनमा चन्दले ३१ पृष्ठ लामो दस्तावेज प्रस्तुत गर्दै छन् । राजधानीलाई प्राप्त उनको गोप्य दस्तावेजमा संसद्वादी दलले देशमा पुनः संसदीय निरंकुशता लाद्ने भगिरथ प्रयत्न गरिरहेको जिकिर गरिएको छ । उनले अहिले नेपाली जनता र पुँजीवादी राज्यसत्ताबीचको संघर्ष मुख्य बनेर आएको भन्दै प्रतिक्रान्ति, प्रतिगमन, राष्ट्रिय स्वाधीनता, महँगी, भष्टाचार, दलाल र सामाजिक विकृतिविरुद्ध पार्टीलाई परिचालन गर्ने योजना अघि सारेका छन् ।

नेपालमा रहेका एनजीओ/आईएनजीओलाई आफ्नो पार्टीको अनुमतिविना गाउँ पस्नै नदिने नीति अघि सार्दै चन्दले पार्टी संगठनको संरचना, कार्यशैलीलाई गोप्य र सुरक्षित राख्ने दस्तावेजमै उल्लेख गरेका छन् । जनमुक्ति सेनालाई नयाँ रूपमा निर्माण गर्ने योजना पनि चन्दले अघि सारेका छन् । ‘जनमुक्ति सेना जनक्रान्तिका लागि अनिवार्य आवश्यक साधन हो,’ जनमुक्ति सेनाबारे चन्दले दस्तावेजको ३०औं पृष्ठमा भनेका छन्, ‘जुन क्रान्तिमा जनताको सेना हुँदैन, त्यो जनक्रान्ति सफल हुन सम्भवै छैन ।’ नेपालको राजनीतिक तथा आत्मगत अवस्था क्रान्तिका लागि अनुकूल नै रहेको विश्लेषण गर्दै चन्दले अन्तर्राष्ट्रिय समुदाय त्यसमा पनि खासगरी भारत र अमेरिकालाई देखाएर क्रान्ति हुँदैन भनेर हाउगुजी नपाल्न आग्रह गरेका छन् । ‘नेपालमा क्रान्ति सम्भव मात्र होइन, सम्भावनायुक्त छ । अमेरिका र भारत बलिया नै छन्, उनीहरूले क्रान्तिमा प्रभाव पनि पार्न सक्छन् तर नेपालको राजनीतिक क्रान्ति बढीभन्दा बढी नेपाली जनता र नागरिकसँग सम्बन्धित छ । नेपाली जनता नै राजनीतिक परिवर्तन चाहन्छन्, आफ्नो देशको शासन सत्ता कस्तो हुने फैसल्ला आफैं गर्न चाहन्छन् भने त्यसमा जबर्जस्ती अमेरिका र भारतलाई उचाल्ने र उचालिने जरुरी छैन,’ चन्द दस्तावेजमा भनिएको छ । जनयुद्धकालमा मोटामोटी डेढ दर्जन देशमा पनि सशस्त्र संघर्ष नचलेको उदाहरण दिँदै चन्दले यतिबेला भने सशस्त्र संघर्ष फैलिएर तीन दर्जन वरिपरि पुगेका कारण पनि क्रान्तिका लागि अनुकूल वातावरण रहेको बताएका छन् ।

नौबर्से शान्तिकालमा क्रान्तिका ‘नायक’ र ‘वरिष्ठ’ नेताहरू क्रान्तिलाई त्याग्ने, जनतालाई छोड्ने, पार्टीलाई स्खलित गर्ने र देशलाई घात गर्ने विचलनमा लागेपछि माओवादी आन्दोलनलाई नयाँ ध्रुवीकरणको दिशामा लगेको चन्दले दाबी गरेका छन् । मोहन वैद्य नेतृत्वको माओवादीसँगको सम्बन्ध विच्छेदलाई उनले ठोस परिस्थितिको आवश्यक र महवपूर्ण निर्णय भनेका छन् । ‘यो कुनै आकस्मिक र हतारोको विषय थिएन, बरु ठोस परिस्थ��तिको आवश्यक र महŒवपूर्ण निर्णय थियो,’ दस्तावेजमा भनिएको छ । पार्टीभित्र बौद्ध भेलादेखि नै अन्तरविरोधका संकेत देखापरेको भन्दै उनले २०७० भदौको पोलिटब्युरो बैठक, सातौं महाधिवेशन, पोखरा बैठक हुँदै पछिल्लो केन्द्रीय समिति बैठकसम्म आइपुग्दा नयाँ ढंगले पार्टी पुनर्गठन गर्नुपर्छ भन्ने निष्कर्षमा आफूहरू पुगेको किटानी गरेका छन् । यस्तै, विघटित संविधानसभा पुनःस्थापना गर्नुपर्ने, २०६९ चैतमा बाबुराम भट्टराई नेतृत्वको दलाल सरकार ढालेर सुशील कोइरालाको नेतृत्वमा राष्ट्रवादी सरकार बनाउने र सरकारमा जानेसम्मको योजनामा मोहन वैद्यमा रहेका नेताहरू लागेका कारण पार्टीमा अन्तरविरोध चुलिएको उल्लेख गरेका छन् । उनले निर्वाचन बहिष्कार गर्ने या नगर्ने विषयमा पनि पार्टीमा अन्तरविरोध चुलिँदा केन्द्रीय समिति बैठक नै अवरुद्ध हुन पुगेको खुलासासमेत गरेका छन् ।  ‘कमरेड किरणले सशस्त्र हस्तक्षेप गर्नेमा असहमति राख्नुभएको थियो । हामीले सशस्त्र प्रतिरोध राख्नुपर्छ भनेपछि एक दिन बैठक नै अवरुद्ध हुन पुग्यो । लामो संघर्षपछि सशस्त्र बहिष्कार भन्ने शब्द राखियो । परन्तु जब काठमाडौं पुगेर पिवि बैठक भयो, कमरेड किरणको प्रस्तावमा सशस्त्र बहिष्कारको नीति बदल्ने काम भयो,’ चन्द दस्तावेजको ११औं पृष्ठमा भनिएको छ ।

उनले नेपालको अबको क्रान्तिको कार्यदिशा एकीकृत जनक्रान्तिको सिद्धान्त हुनेमा जोड दिँदै दस्तावेजमा लामो व्याख्या गरेका छन् । क्रान्तिका लागि मजदुर र किसान वर्गका अतिरिक्त मध्यम वर्ग पनि मुख्य भरपर्दो शक्ति भएको भन्दै उनले चीन र रुसमा भएका क्रान्तिका कार्यदिशाका अतिरिक्त फिडेलको नेतृत्वमा क्युबामा भएको क्रान्ति, भियतनाम, कोरियामा भएका क्रान्तिलाई पनि आफूहरूले कार्यदिशा निर्माणमा अध्ययन सामग्री बनाएर अघि बढ्नुपर्ने उल्लेख गरेका छन् । नेपाली क्रान्तिको कार्यदिशालाई नयाँ शब्दमा व्यक्त गर्न सकिन्छ भन्नेमा मोहन वैद्य सबैभन्दा बढी असहिष्णु, असान्दर्भिक, पूर्वाग्रही बनेको आरोप चन्दले लगाएका छन् । आफ्नै जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशाबाट वैद्य सन्तुष्ट हुन नसकेको भन्दै उनले वैद्य माक्र्स, लेनिन, माओले प्रयोग गरेको शब्दभन्दा दायाँबायाँ गएर कार्यदिशाको पदावलीसमेत राख्न हुन्न भन्ने पक्षमा रहेको बताएका छन् । ‘हामीले एकीकृत क्रान्तिको कुरा ग¥यौं, उहाहरूको मथिंगलमा नसोचेको भूकम्प जान पुग्यो,’ चन्दले दस्तावेजको २३औं पृष्ठमा लेखेका छन्, ‘किरणका शब्दहरू यति असहिष्णु, असान्दर्भिक, पूर्वाग्रही, आवेगपूर्ण छन् कि त्यो स्तरबाट आउने कुरा शोभनीय नै देखिँदैन ।’ चन्द नेतृत्वको माओवादीको राष्ट्रिय सम्मेलन बुधबारबाट २६ पुससम्म दाङमा चल्दै छ । – राजधानी रा. दै.बाट

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031