बिहिबार, चैत्र ९, २०७९

घुस लिँदालिँदै रङ्गेहात पक्राउ

काठमाडौं पौष २३, अख्तियार दुरूपयोग अनुसन्धान आयोग काठमाडांैँ र क्षेत्रीय कार्यालय हेटौँडाको संयुक्त टोलीले आज अपराह्न वीरगन्जको घण्टाघर चोकबाट घुस akither-ko-logo1लिँदै गरेको अवस्थामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अभिभावक सङ्घका अध्यक्षलाई पक्राउ गरेको छ ।  पर्साको भवानीपुरमा रहेको नेराप्रावि सौरहाका प्रधानाध्यापक केशरप्रसाद यादवसङँग  सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबाबु यादव र अभिभावक सङ्घका अध्यक्ष चान्दसी यादवले माग गरेको रु २५ हजार घुस लिँदै गरेको अवस्थामा संयुक्त टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

यसैवीच अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराको टोलीले जिल्ला नापी कार्यालय रूपन्देही कार्यालयका एकजना कर्मचारी घुस लिएको आरोपमा पक्राउ परेका छन् ।  कार्यलय निरीक्षणको केहीबेरमै अख्तियारको सम्पर्क कार्यालय बुटवलले सेवाग्राहीसङँग जग्गा हालसाविक गर्न घुस लिइ भाग्दै गरेको अवस्थामा सोही कार्यालयमा कार्यरत सर्भेक्षक रामराज यादवलाई पक्राउ गरेको आयोगले जनाएको छ ।