बिहिबार, अशोज ४, २०८०

इजरायली कृषि मन्त्री याइर समिर विहिवार काठमाडौँ आउँदै

 नेपाल–इजरायल बीच दौत्य सम्बन्धको ५५ वर्ष 

काठमाडौं पौष २३, नेपाल–इजरायल बीच दौत्य सम्बन्ध सम्बन्ध स्थापना भएको ५५औँ वर्षको अवसरमा इजरायली राजदूतावासले विभिन्न कार्यक्रमका साथ वर्ष गाँठ मनाउँदै छ । सन १९६० मा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री वि.पि. कोइरालाको कार्यकालमा नेपाल–इजरायल बीच दौत्य सम्बन्ध कायम भएको हो ।
Capturepressयसै क्रममा प्रस्तुत कार्यक्रममा भाग लिन इजरायलका कृषि तथा ग्रामीण विकास मन्त्री याइर समिर नेपालको दुईदिने औपचारिक भ्रमणमा विहिवार काठमाडौँ आउँदै हुनुहुन्छ ।

नेपाल भ्रमणको क्रममा मन्त्री याइर समिरले नेपालको नेपालको सामाजिक एवम् आर्थिक विकासका साथै दुई मुलुकबीचको दौंत्य सम्बन्ध अझ सुदृढ तुल्याउने उद्देश्यले मन्त्री समिरको यो भ्रमण हुन लागेको राजदूतावासद्दारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ । साथै विज्ञप्तिमा कृषि तथा ग्रामीण विकासका साथै विदेश मन्त्रालयका उच्च अधिकारी र व्यापारी प्रतिनिधिमण्डलसहित १२ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउन लाग्नुभएका इजरायली मन्त्रीले नेपालको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको कृषि क्षेत्रको विकासका साथसाथै यसका लागि आवश्यक उपायबारे छलफल गर्नुको अलावा नेपालका कृषि मन्त्री हरीप्रसाद पराजुली सङग भेटवार्ता गर्नु हुनेछ ।

त्यस्तै गरि समिरले मन्त्री राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, कृषि विकास मन्त्री हरिप्रसाद पराजुली र वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापासँग मन्त्री समिरले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको यहाँस्थित इजरायली राजदूतावासले जनाएको छ ।