ललितपुर पौष १६, सिविन नेपालले आयोजना गरेको नयाँ संविधानमा बालअधिकार सुनिश्चित गर्न बालबालिकाको चिठी ग्रहण कार्यक्रमलाइ सम्बोधन गर्दै संविधान अभिलेख, अध्ययन तथा निक्र्यौल समितिका सभापति विष्णु पौडेलले पौडेलले वालवालिका भनेको भविष्यका उज्ज्वल नक्षत्र भएकाकारण उनीहरूको हक अधिकार सुनिश्चित अब बन्ने नयाँ संविधानमा बालबालिकाको हक अधिकार सुनिश्चित हुने दावीगर्नु भएको छ ।
त्यसैगरी महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले वालवालिकाको अधिकार सरक्षित गर्नेहो भने पहिले छोरा र छोरीमाथि हुँने गरेको विभेदको अन्त्य गरिनु पर्नेमा विशेष जोड दिनु भएको थियो । कार्यक्रममा सिविनका अध्यक्ष माधव प्रधानले संविधानसभाका सदस्यलाई देशभरिका १८ वटा जिल्लाका १२ हजार प्रतिनिधि बालबालिकाले चिठी पठाएर सहभागिता जनाएको जानाकरी दिनु भएको थियो ।