सोमवार, चैत्र ६, २०७९

बैद्य माओवादी सङग तलाक लिएका विप्लव समूहले गरे नयाँ पार्टीको घोषणा

“नेकपा माओवादी नामको उक्त पार्टीको प्रधान शत्रु भनेको काँग्रेस र पूजीवाद राज्यसत्ता”

काठमाडौ मङसिर १५ , मोहन बैद्य नेतृत्वको नेकपा माओवादीबाट अलग भएको नेत्रबिक्रम चन्द विप्लवले समूहले आज औपचारिक रुपमा नयाँ goshan savaपार्टी घोषणा गरेको छ । राजधानीमा आज पत्रकार सम्मेलन भने पनि कार्यकर्ताको भेला गर्दै गरी नेकपा माओवादी नामको पार्टी घोषणा गरेको हो । नयाँ पार्टी घोषणा कार्यक्रमलाइ सम्बाधन गर्दै संयोजकको जिम्मेवरी सँहाल्दै गरेको चन्दले इतिहासको आवश्यकता अनुसार नयाँ पार्टी बनाउनुपरेको भन्दै उहाँले १० बर्षे युद्धको मुद्धा स्थापित गराउन आफ्ने पार्टी लागिपर्ने दावी गर्नुभएको छ ।

त्यस्तै काँग्रेस र एमालेले विगतका सम्झौता विर्सिएर एक्लै हिडन खोजेको आरोप लगाउदै चन्दले संबिधानसभा बिघटन गरी अधिकार सम्पन्न राष्ट्रिय राजनीतिक सभा गठन गर्नुपर्ने भन्दै अवको पार्टीको प्रधान शत्रु भनेको काँग्रेस र पूजीवाद राज्यसत्ता रहेको बताउँनुभएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा नयाँ पार्टीको पहिलो राष्ट्रिय सम्मेलन आगामी पुष २३ देखी २६ गतेसम्म गर्ने जानकारी दिइएको छ । सम्मेलनको स्थान भने सार्वजनिक गरिएको छैन । नयाँ पार्टीको प्रवक्तामा खडगवहादुर विकलाइ चयन गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930