शुक्रबार, बैशाख १४, २०८१

समाचार नलेख्न सम्पादक भण्डारीलाई धम्की

काठमाडौं मङसिर १५ , लामो समयदेखि धर्मको नाममा अबैधरुपमा विदेशी पैसा ल्याई व्यक्तिगत रुपमा बचत गर्दै आएका क्रिस्चियनका एक पास्टरले न्यूजअभियान डटकम तथा अभियानटाइम्स साप्ताहिकका सम्पादकलाई धम्की दिएको छ । कार्तिक २३ गते प्रकाशित ‘क्रुसेट’ को नाममा newsabhiyanपास्टर लामाको दलाली’ भन्ने समाचारलाई लिएर धादिङ घर भएका बाबु दाप्चा लामाका छोरा पास्टर धनबहादुर लामाले विभिन्न ३ वटा नम्बरबाट फोन गरि समाचार नलेख्नकालागि आफुलाई धम्की दिएको सम्पादक भण्डारीले बताएका छन ।

सम्पादक भण्डारीका अनुसार धर्मको नामलाई भजाउदै व्यक्तीगत रुपमा रकम संकलन गर्ने कार्य नियन्त्रण हुनु भन्दापनि झन बढ्दै गएको र पछिल्लो समयमा धर्मलाईनै कमाईको माध्यम बनाएर केहि व्यक्ति विशेषले करोडौ रुपैयाँ आफ्नो बैंक खातामा राखेको समाचार सार्वजनिक गरेकै कारण लामाले आफुलाई फोनबाट धक्की दिदै तपाईलाई हाम्रो र मेरोबारेमा किन लेख्नु हुन्छ, मैले जे गरेपनि तपाईलाई केको आपत्ती, हामीले धर्मको नाममा जतिसुकै डलर ल्याए पनि यहाँहरुलाई के मतलव, जे सुकै गरेपनि यहाँहरुलाई के चासो, हाम्रो बारेमा लेख्नेलाई बाँकी राख्दैनौ’ भन्दै धम्क्याएको सम्पादक भण्डारीले बताए ।
त्यस्तै ऐन कानुन हुदाँ हुदै पनि एकाएक समाचारको विषयलाई लिएर पटक÷पटक लामाले २ जनालाई समेत फोन गर्न लगाएर धम्की दिएको र फोनबाट धम्कीदिदै भने,‘अन्यले पनि डलर ल्याएर कार्यक्रमको नाममा आफ्नो अनुकुल खर्च गरेका छन्, उनीहरुको किन लेखिदैन मेरोमात्र किन लेखेको भन्दै लामाले फोनबाट मैलेपनि अरु पत्रकारहरु चिनेको छु, हाम्रो बारेमा लेख्दै गए जे पनि गर्न सक्छु भनेको भन्दै धम्की दिएपछि सम्पादक भण्डारीले समाचारकै विषयमा यहाँहरुलाई चित्त नबुझेको खण्डका लगि ऐन कानून छ कानूनी तबरबाट अगाडि बढ्न सक्नु हुने छ, यहाँहरुले धम्की दिनुभन्दा पनि कानुनी बाटो अपनाउनु भनेको जानकारी दिनु भएको छ ।