शनिबार, बैशाख ८, २०८१

सहमति समितिको प्रतिवेदन २०७१ माथिको छलफल आज पनि जारी

काठमाडौ पौष ७, कर्मचारी आन्दोलनका कारण ढिला सुरु भएको संविधानसभाको आजको बैठकमा पनि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन, २०७१ माथिको छलफल sambidhan-sabha2-214आज पनि जारी रह्यो । आजको बैठकमा काँग्रेसका सभासद् आनन्दप्रसाद ढुङ्गाना, नेकपा(एमाले)का सभासद् भीम आचार्य र एमाओवादीका सभासद् हितराज पाण्डले बोल्नुभएको थियो ।

काँग्रेस सभासद ढुङ्गानाले जनताका सामु गरेको प्रतिबद्धताअनुसार आगामी माघ ८ गते संविधान जारी गर्नुको विकल्प नरहेको बताउँनुभएको थियो भने एमाले सभासद आचार्यले शीर्ष नेताले संविधानसभालाई बन्धक बनाएको र सभासद्लाई काम गर्न नदिएको गुनासो गर्न सहित कुनै पनि हालत निर्धारित मितिमा संविधान जारी गर्नैपर्नेमा जाड दिनुभएको थियो ।

तर एमाओवादीका हितराज पाण्डे भने दलीय सहमति विपरित प्रक्रियामा गएर संविधान जारी गरे त्या संविधान स्वीकार्य नहुने बताउँनु भएको थियो । त्यस्तै गरि दलहरू छलफलमा लागेपनि सहमति जुट्न नसकेकोमा गम्भीर विमपत सहित राप्रपका सभासद् जयन्त चन्द मधेसी जनअधिकार फोरम नेपालका सभासद् उषा यादव , राष्ट्रिय जनजागरण पार्टीका सभासद् लोकमणि ढकाललगायतका सभासदहरुले पनि बोल्नु भएको थियो । संविधानसभाको अर्को बैठकमा भलि गते १३.०० बजे बस्ने छ ।