मङ्लबार, बैशाख ११, २०८१

सहमति खोज्न भन्दै कार्यदलको बैठक बस्दै, कार्यदलभित्र पनि दलिय अडान कायमै

sambidhan-sabha2-214काठमाडौं पौष १३, संविधानका विवदित विषयमा सहमति खोज्न  भन्दै मधेसवादीदलको समेतको सहभागितामा   गठन गरिएको कार्यदलको बैठक सहमतिका लागि भन्दै आज पनि बस्दै छ । दिउँसो १ बजे कार्यदलको बैठक बस्नेउक्त बैठकमा संविधानका मुख्य विवादित विषय शासकीय स्वरुप, राज्यको पुनः संरचा, न्याय प्रणाली र निर्वाचन प्रणालीउपर विशेष तथा निर्णायक लाई छलफल गरिने कार्यदल सम्वद्ध स्रोतले जनाएको छ ।

त्यस्तै यसअघि पनि कार्यदलले गत शुक्रवार रसिनिवार पनि प्रस्तुत मुद्धामा घनिभूत छलफल गरेको थियो । तर सहमति भने जुटाउन सकेको छैन ।समाचारस्रोतका अनुसार कार्यदलभित्र पनि दलिय अडान कायमै रहेकाले सहमति हुन नसकेको बुझिएको छ । कार्यदलको औपचारिक समय हिजोसम्म मात्रै भएपनि आज पनि निष्कर्ष निकाल्ने गरी छलफल गर्ने र सहमति हुन नसके ति विषय फेरी शिर्ष तहका नेताले नैछलफल गर्ने गरी फिर्ता पठाउने गरी पनि तयारी भइरहेको स्रोतलेजनाएको छ ।