शुक्रबार, बैशाख १४, २०८१

सहमति कार्यान्वयन भए तोकिएकै मितिमा संविधान जारी हुने निश्चित : अध्यक्ष प्रचण्ड

काठमाडौ मङसिर २०, रिपोर्टर्स क्लबले आज राजधानीमा आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा दलहरूबीच भएको १२ बुँदे dhaallसहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र सहमतिको धरातलमा उभिएर सबैले अपनत्व महसुस गर्नेखालको संविधान तोकिएकै मितिमा जारी हुने विश्वास व्यक्त गर्नुभएको छ ।

त्यस्तै अध्यक्ष प्रचण्डले दलहरूबीच अलिेको समस्या भनेको विषयमा होइन, नियतमा भएको बताउँदै संविधानका विवादित विषयमा सहमति भइसकेको अवस्थाका वीचपनि यस अघि भएका पूर्व सहमतिलाई कार्यान्वयन गर्ने कि नगर्ने भन्ने प्रश्न नै अहिलेको विशेष प्रसङग भएको र संविधान निर्माणमा देखिएका शासकीय स्वरूप, राज्य पुनःसंरचना, निर्वाचन प्रणाली र न्याय प्रणाली सबैलाई मिश्रित बनाउन सकिए विगतको जनयुद्ध र जनआन्दोलनको भावनासमेत समेटिने दावी गर्नु भएको छ ।