शनिबार, बैशाख ८, २०८१

सहमतिमा नै संविधान निर्माण प्रक्रिया अगाडि बढाउन काँग्रेस र एमालेलाइ र मोर्चाको आग्रह

काठमाडौ पौष ५,  प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको काँग्रेस, एमाले र मोर्चाको बैठकमा सहमतिमा नै संविधान निर्माण प्रक्रियालाई अगाडि बढाउन मधेसी मोर्चाले नेपाली काँग्रेस र नेकपा (एमाले)लाई आग्रह गरेको छ । संविधानका विवादित विषयमा निष्कर्ष निकाल्ने भन्दै आज बिहान बसेको प्रमुख तीन दलको बैठक निष्कर्षविहीन भएपछि साँझ सत्तारुढ दुई दल र मधेसी 11103मोर्चाको बैठक बसेको हो ।

बैठकमा आगामी माघ ८ गतेभित्रै विवादित विषयमा सहमति खोजेर संविधान जारी गर्नुपर्नेमा सबैको सहमति भए पनि दलहरुबीच बढेको अविश्वासको दुरीलाइ कम गर्दै तोकिएकै समयमा लोकतान्त्रिक संविधान जारी गर्न सहयोग गर्नुस् भनेर काँग्रेस र एमालेका शीर्ष नेताले आग्रह गर्नुभएको थियो बैठकमा भएको छलफल उद्धृत गर्दै राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले भन्नुभयो ‘‘माघ ८ गतेभित्र संविधान जारी गर्नुपर्नेमा सबैको सहमति भए पनि अल्पमत र बहुमतको विषय भने आफूहरुलाई स्वीकार्य छैन ।  तीन पक्षको बैठकमा मोर्चाले एमाओवादीलाई सहमतिमा ल्याएर सबैले स्वीकार गर्ने र अपनत्व गर्ने खालको संविधान निर्माण गर्ने वातावरण बनाउन आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।

निर्णायक भनिएको आज बिहानको प्रमुख तीन दलको बैठकमा कुनै पनि सहमति नभएको बरु एक अर्कामा आरोप प्रत्यारोप गर्दै सकिएपछि दलहरुबीच अविश्वासको खाडल झन गहिरिएको छ । सहमतिको नाममा समय कटाउने मेलो मात्रै भएको, जनताका सामु गरेको प्रतिबद्धताअनुसार काम नभएको भन्दै तत्काल प्रक्रियामा जानुपर्ने सत्तारुढ दलको प्रस्तावलाई मोर्चाले अस्वीकार गरेको थियो ।  बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधान निर्माणको विषयमा छलफल भए पनि कुनै निष्कर्षको पहिभान नभएको जानकारी दिनुभएको थियो । बैठकमा प्रधानमन्त्री सुशील कोइराला, नेपाली काँग्रेस र एमालेका शीर्ष नेता र मधेसी मोर्चाका संयोजक विजय गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।