बिहिबार, बैशाख १३, २०८१

सभासदहरुलाइ ब्यूँझाउँन विद्यार्थी सङगठनद्दारा निन्द्रा जुलुसको आयोजना

काठमाडौ पौष ८, नेपाल विधार्थी सङघ अनेरास्ववियु सहित १२ विद्यार्थी संगठनको सहभागिता निर्धारित मितिमानै संबिधान जारी गर्नुपर्ने माग गर्दै विद्यार्थीहरुले  मंगलबार माइतीघरबाट साङकेतिक रुपमा सडकमा सुतेर निन्द्रा जुलुस प्रर्दशन गरेका छन ।

माइतीघरबाट सुरु भएको उक्त जुलुसका सहभागीहरुले ६०१ सम्मको नम्बर सहितको लोगो लगाएका सडकमा सुतेर प्रर्दशन गर्नुका अलावा जुलुसमा सहभागीहरुले ढिलो भो ब्यूँझ सभासदु भन्दै नारा लगाएका थिए । माइतीघरबाट सुरु भएको जुलुस बानेश्वरस्थित संबिधानसभा भवन अगाडी आएर समापन गरिएको थियो ।