बिहिबार, बैशाख १३, २०८१

संभव भए सहमति नभए प्रक्रियागतरुपमा प्रस्तावित मितिमा संविधान जारी गर्नुपर्नेमा सभासद्हरुको जोड

काठमाडौ पौष १३,  संविधानसभाको आजको बैठकमा सवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन,२०७१ माथिको छलफलमा भाग लिँदै विभिन्न दलका सभासद्ले आ आफ्नो विचार व्यक्त गर्नुभएकोछ ।

sambidhan-sabha2-214यस क्रममा सभासद्ले संभव भए सहमति नभए प्रक्रियामा गएर भएपनि प्रस्तावित मितिमा संविधान जारी गर्नुपर्नेमा जोड दिएका छन । नेपाली काँग्रसका सभसदहरु क्रमस सरस्वती बजिमय, चन्द्रबहादुर कुँवर,सभासद् अब्दुल हमिद सिद्धिकी, दिलमान पाख्रिन, डा गणेशकुमार मण्डल र एमालेका विकास लम्साल, विश्रामप्रसाद चौधरी, मिरा पोखरेल र जुनेद अन्सारी लगायतकले यस्तो विभार व्यक्त गर्नुभएको हो ।

त्यस्तै तराई मधेश लोकतान्त्रिक पार्टीका सभासद् रमणि राम, एमाओवादीका जुठबहादुर टुहुरे प्रकाशवाला राई र मानबहादुर थारुले प्रक्रियाको नाममा सत्तारुढदलहरुले मुलुकलाई द्वन्द्वको खाडलमा लैजानक खोजेको आरोप सहित सहमति विपरित प्रक्रियामा जान नहुनेमामा आफेना विभरु व्यक्त गनृभएको थियो । संविधानसभाको अर्को बैठक पुस १४ गते सोमबार दिउँसो १३.०० बजे बस्नेछ ।