शुक्रबार, चैत्र १६, २०८०

विवादित विषयमा साझा धारण बनाउन एमाओवादी महासचिवको नेतृत्वमा कार्यदल

काठमाडौं मङसिर १९,  एमाओवादी नेतृत्वको संविधानसभामा प्रतिनिधित्व गर्ने २० राजनीतिक दलको आज एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संयुक्त बैठकले मोर्चाले krishnabdrmaharaसंविधानसभाका विवादित विषयमा समान धारणा बनाउनका लागि कार्यदल गठन गरेका छन् ।

बैठकले एमाओवादीका महासचिव कृष्णबहादुर महराको संयोजकत्वमा गठन गरेको उक्त कार्यदलमा तराई–मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठी, समाजवादी जनता दलका अध्यक्ष एवं सभासद् प्रेमबहादुर सिंह, तराई–मधेस समाजवादी पार्टीका उपाध्यक्ष रानी शर्मा र खम्बुवान राष्ट्रिय मोर्चाका सभासद् रामकुमार राई सदस्य रहनुभएको छ ।
पहिचानमा आधारित सङ्घीयता र सङ्घीयतासहितको संविधान जारी गर्नका लागि समान धारणा बनाउने र एकीकृत रुपमा अगाडि बढ्ने निर्णय गरेको जानकारी दिदै लक्ष्मणलाल कार्यदलले पहिचानमा आधारित सङ्घीयता र सङ्घीयतासहितको संविधान जारी गर्नका लागि समान धारणा बनाउने लक्ष्य अनुरुप कार्यदल बनाएको जननाकारी दिनुभएको छ ।