शुक्रबार, बैशाख १४, २०८१

विपी फोटो प्रदर्शनीको व्यवस्थापकीय जिम्मेवारी अन्तराललाइ   

काठमाडौं पौष ८ ,  सांस्कृतिक संग्रहालय नेपालको आयोजना एवम र अन्तराल नामक संस्थाको व्यवस्थापनमा जननायक विपी कोइरालाको १०० वर्ष ऐतिहासिक फोटो sdfaप्रदर्शनी आगामी २ वर्षसम्म निरन्तर गर्ने सम्झौता भएको छ । संग्रहालयद्दारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख भएअनुसार प्रस्तुत कार्यक्रमको स्थानिय संघ–संस्था समेतको सहकार्यमा व्यवस्थापनका सवै कार्य अन्तरालले गर्ने गरि उक्त सम्झौता भएको उल्लेख रहेको छ ।

साथै बिज्ञप्तिमा सांस्कृतिक संग्रहालयको अध्यक्ष् क्षितिज श्रेष्ठ र अन्तरालको प्रमुख कार्यकारी जयनारायण शाहले फोटो प्रदर्शनीलाई सफल पार्न सम्पूर्ण राजनीतिक दल, संघ–संस्था, , सम्पूर्ण पेशाकर्मी र सञ्चारकर्मीलाई हार्दिक आव्हान समेत गरिएको छ ।