बिहिबार, चैत्र १५, २०८०

लाल मस्जिदका कट्टरपन्थी मुश्लिम धर्मगुरु अब्दुल अजीज विरुद्ध पक्राउ पूर्जी

एजेन्सी पौष १२,पाकिस्तानमा तालिवानका समर्थक एवम् इस्लामावादस्थित लाल मस्जिदका कट्टरपन्थी मुश्लिम धर्मगुरु समेत रहका अब्दुल अजीज विरुद्ध पक्राउ पूर्जी Lala-Masjid- जारी गरिएको छ ।  गत हप्ता पेशावरस्थित सैन्य स्कुलमा तालिवानले गरेको नरसंहारको भत्सर्ना नगरेपछि उनको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई अजीजले धम्क्याएको आरोप लगाइएको छ ।

अजीजले आफुले सञ्चालन गरेको विद्यालयकको पुस्तकालयको नाम परिवर्तन गरि बिन लादेन राखेका थिए । नागरिक समाजका अभियानकर्ताहरुले विरोध प्रदर्शनका बेला मस्जिदका कर्मचारीहरुले आफूहरुलाई धम्क्याएको बीबीसीले जनाएको छन् । त्यस्तै बीबीसीका अनुसारा अजीजले आफु विरुद्धको आरोप सामान्य भएको बताएका छन् । लाल मस्जीदका प्रवक्ताले अजीजलाई पक्राउ गर्ने प्रयास गरिए त्यसको प्रतिरोध गरिने तयरीमा रहको र त्यस्तै पक्राउ पुर्जी कहिले कार्यान्वयन हुन्छ भन्ने पनि स्पष्ट नभएको बीबीसीले जनाएको छ ।